श्रावण ४, २०८२ आइतबार July 20, 2025

त्रिवि कर्मचारी संघको तीनदिने अल्टिमेटम – माग पूरा नभए दीक्षान्त समारोह हुन नदिने

त्रिविले पुस २ गते दीक्षान्त समारोहको आयोजना गर्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः त्रिभुवन विश्वविद्यालय कर्मचारी संघले त्रिविले संघसँग गत चैतमा गरेको सम्झौता र गत वर्षको पुसमा बुझाएको ४५ बुँदे माग आज बुधबारसम्म पूरा नगरे दीक्षान्त समारोह हुन नदिने चेतावनी दिएको छ । संघले गत सोमबार उपकुलपति प्राडा शिवलाल भुषालसमक्ष ३ दिने अल्टिमेटमसहित ज्ञापनपत्र बुझाउँदै यस्तो चेतावनी दिएको थियो । त्रिविले पुस २ गते दीक्षान्त समारोहको आयोजना गर्दैछ ।

संघका अध्यक्ष छत्रबहादुर कार्कीसहितको पदाधिकारीले सोमबार साँझ उपकुलपति प्राडा शिवलाल भुषालसमक्ष ज्ञापनपत्र बुझाएका थिए । संघका वरिष्ठ उपाध्यक्ष भुपेन्द्र लामाका अनुसार ज्ञापनपत्रमा त्रिवि सुधारदेखि कर्मचारी पदपूर्ति, सेवा सुविधालगायतका विषय उठान गरिएको छ । त्रिविका करिब ७ हजार कर्मचारीको छाता संगठन संघमाथि माग पूरा गर्न नसकेको आरोप लाग्न थालेपछि ज्ञापनपत्र बुझाएको जिकिर गर्दै उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘माग पूरा गर्न गत चैतमा सम्झौता भएको थियो तर कार्यन्वयन भएन, त्यसको कार्यान्वयन गर्न दबाब दिँदै ज्ञापनपत्र बुझाएका हौं ।

त्रिविले ४५ बुँदे मागमध्ये करिब १० वटा सम्बोधन गरेको थियो । माग सम्बोधन गरेकोमा त्रिवि पदाधिकारीलाई धन्यवाद दिएका थियौं, त्यसपछि कुनै प्रक्रिया अघि बढाएको छैन ।’ ज्ञापनपत्रमा माग पूरा नभए त्रिविको सबै निकायको प्रशासनिक र शैक्षिक कार्यक्रम ठप्प पार्ने चेतावनी पनि दिइएको छ । ज्ञापनपत्र बुझाएको विषयमा उपकुलपति प्राडा भुषालसँग जानकारी लिन खोज्दा उहाँको मोबाइल उठेन ।

ज्ञापनपत्रमा लामो समयदेखि ज्यालादारी र करार सेवामा कार्यरत कर्मचारीको स्थायित्वको प्रक्रिया अघि नबढेको, पदोन्नतिको अवसर अवरुद्ध भएको, नियमित विज्ञापन नहुँदा जनशक्तिको अभावमा दैनिक प्रशासन सञ्चालनमा अवरोध सिर्जना भएको, पछिल्लो समय कर्मचारीले खाइपाइ आएको प्रोत्साहन पारिश्रमिक पूर्ण रूपमा कटौती भएकोलगायतका विषय उल्लेख छन् ।

सम्झौता कार्यान्वयन गर्न आलटाल गर्ने पदाधिकारी कुर्सीमा बसिरहनुको अर्थ नभएको टिप्पणी गर्दै संघका अध्यक्ष कार्कीले भन्नुभयो– ‘एक वर्ष कु¥यौं, माग पूरा गर्न चासो देखाइएन । अति भएपछि दीक्षान्त समारोह नै स्थगित गर्ने योजनासहित ज्ञापनपत्र बुझाएका हौं ।’ संघले विगतमा भएको सम्झौता पूर्ण कार्यान्वयन र गुमेको सुविधाहरू यथावत गर्न माग गरेको छ । त्रिविले साउनदेखि कर्मचारीको भत्ता कटौती गरेको थियो भने करिब एक महिनाअघि परीक्षाको हकमा मात्र भत्ता दिन सकिनेगरी कार्यविधि तयार गरेको थियो । उक्त कार्यविधि हालसम्म लागू हुन नसकेको र कतिपय क्याम्पसलगायतका निकायले अस्वीकार गरेको संघका वरिष्ठ उपाध्यक्ष लामाले जानकारी दिनुभयो ।

त्रिविले ४९औं दीक्षान्त समारोह दशरथ रंगशालामा गर्ने निर्णय गरिसकेको छ । सो समारोहमा विसं २०७९ असार १ गतेदेखि २०८० सेठ ३२ गते सम्मका स्नातक तहदेखि स्नातकोत्तर तह उत्तीर्ण ७७ हजारभन्दा बढी विद्यार्थी दीक्षित हुनेछन् । त्रिविको ६४ औं वार्षिक दिवसको अवसरमा पारित ६४ औं ग्रेस लिस्टको आधारमा विद्यार्थीको संख्या यकिन भएको हो । ग्रेस लिस्टमा व्यवस्थापन संकायबाट २८ हजार ४ सय ३८, शिक्षाशास्त्र संकायबाट १८ हजार १ सय ६३, मानविकी तथा सामाजिक शास्त्र संकायबाट १५ हजार १८, कानुन संकायबाट २ हजार ३ सय ६३, विज्ञान तथा प्रविधि अध्ययन संस्थानबाट ७ हजार २ सय ७८, इन्जिनियरिङ अध्ययन संस्थानबाट २ हजार ८ सय ८३, चिकित्सा शास्त्र अध्ययन संस्थानबाट २ हजार १०, कृषि र पशु विज्ञान अध्ययन संस्थानबाट ६ सय ५०, वन विज्ञान अध्ययन संस्थानबाट ३ सय गरी जम्मा ७७ हजार १ सय ३ विद्यार्थी रहेका छन् । नेपाल समाचारपत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार