असार २५, २०८२ बुधबार July 9, 2025

शनिबार पनि बैंकहरु पुर्णकालिन रुपमा खुला राख्न राष्ट्र बैंकको निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि शनिबार बैंकहरु पुर्णकालिन रुपमा खुला राख्न निर्देशन दिएको छ ।

क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकले ३२ जेठसम्म शनिबार तथा सामार्वजनिक बिदामा समेत शाखा कार्यालयहरु खोल्न निर्देशन दिएको हो ।

राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख देवकुमार ढकालले राजश्व बुझ्ने प्रयोजनका लागि राजश्व बुझ्ने बैंकका शाखाहरु खुला राख्न निर्देशन दिएको जानकारी दिएका छन । उनका अनुसार बैंकमात्रै होइन क्लियरिङ गर्ने नेपाल क्लियरिङ हाउस समेत भोलि शनिबार खुला रहनेछन् ।

सरकारलाई तिर्नु पर्ने राजश्व तिर्न महिनाको अन्तिम दिन सार्वजनिक बिदा भए पनि राष्ट्र बैंकले निश्चित समय तोकेर बैंकहरुलाई खुला राख्न निर्देशन दिने गरेको थियो ।

कोभिड–१९ कारण सरकारको राजश्व उठ्न नसकेको र सर्वसाधारणलाई सहजताका लागि बैंकहरु खुला राख्न निर्देशन दिएको राष्ट्र बैंकले बताएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया