असार २३, २०८२ सोमबार July 7, 2025

कोरोना भाइरसविरुद्धको खोपको बिस्तारित वृहत परीक्षण आउँदो जुलाईदेखि सुरु गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । औषधि उत्पादक कम्पनी मोदेर्नाले बुहुप्रतिक्षित कोरोना भाइरसविरुद्धको खोपको बिस्तारित वृहत परीक्षण आउँदो जुलाईदेखि सुरु गर्ने तयारी रहेको स्पष्ट पारेको छ ।

अमेरिकी कम्पनी मोदेर्नाले कोरोना भाइरसविरुद्धको खोपमा काम गरिरहेको छ । उसले बनाएको खोपको दुई चरणको परीक्षणमा सकारात्मक नतिजा आएको छ ।

सम्भावित खोप सुरक्षति र प्रभावकारी देखिएका छन् । सो खोपको वृहत परीक्षण अर्थात अन्तिम चरणको परीक्षण आउँदो जुलाईदेखि सुरु गर्ने तयारी रहेको मोदेर्नाले बिहीबार बताएको हो । तेस्रो चरणको परीक्षणमा स्वतन्त्र रुपमा खोपको डोज लिन तयार भएका ३० हजार मानिस सहभागी हुने छन् ।

मासाचुसेट्सको क्याम्ब्रिजमा रहेको बायोटेक कम्पनी मोदेर्नाले यो चरणको अध्ययनको प्राथमिक उद्देश्य कोरोना भाइरसका कारण लाग्ने लक्षण युक्त कोभिड १९ बाट जोगाउने रहेको जनाएको छ ।

यस्तै गम्भीर रोग लाग्नबाट जोगाउने र मानिसलाई अस्पताल जान पर्ने अवस्था नआउने बनाउनु अर्को उद्देश्य रहेको मोदेर्नाले जनाएको छ ।

अन्तिम चरणको परीक्षणका लागि १०० ग्राम डोजको खोप बनाइएको मोदेर्नाले जनाएको छ । यो डोजले व्यक्तिको प्रतिरोधात्मक क्षमता बढाउने र गम्भीर साइड इफेक्ट्स नहुने जनाइएको छ ।

मोदेर्नाले प्रति वर्ष खोपको ५० करोड जोड आपूर्ति गर्ने र सम्भव भएसम्म सन् २०२१ को सुरुसम्ममा प्रति वर्ष एक अर्ब जोड उत्पादन गर्न सक्ने गरी काम भइरहेको उल्लेख गरेको छ ।

स्वीडिस औषधि उत्पादक लोन्जासँगको सहकार्यमा मोदेर्नाले कोरोना भाइरसविरुद्धको खोपमा काम गरिरहेको हो।

तेस्रो चरणको परीक्षणका लागि चाहिने सबै खोप उत्पादन भइरहेको कम्पनीले जानकारी दिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार