असार २४, २०८२ मंगलबार July 8, 2025

विदेशमा अलपत्र ५११ नेपालीको उद्धार, कुन देशका कति ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बेलायत । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० ले बिहीबारसम्म विदेशमा अलपत्र परेका ५ पाँच सयभन्दा बढी नेपालीको उद्धार गरिएको जनाएको छ ।

गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्तका अनुसार बिहीबार मात्र कुवेत सरकारको सहयोगमा २९९ नेपाली स्वदेश फर्किएका छन् । अध्यक्ष पन्तका अनुसार कुवेतको घर फिर्ती शिविरमा थप दुई हजार ९९१ जनालाई हरेक दिन दुई उडान गरी फर्काउने तयारी भएको छ । गैरआवासीय नेपाली सङ्घ कुवेत र नेपाली दूतावासको समन्वयनमा उनीहरुलाई नेपाल फर्किन सहयोग गरिएको थियो ।

अहिलेसम्म म्यानमारबाट २६, खाडी मुलुक दुबईबाट १६८, अष्ट्रेलियाबाट ११, जापानबाट सात र कुवेतबाट २९९ गरी पछिल्लो समय ५११ जनालाई उद्धार गरिसकिएको सङ्घले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमणपछि महिला, बालबालिकालगायत निकै कष्टकर अवस्थामा रहेका नेपालीको सहयोगका निम्ति गैरआवासीय नेपाली सङघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्ले एनसीसी, कुवेत र युएईलाई छ हजार डलर सहयोग गरेको थियो ।

अध्यक्ष पन्तले बाँकी अन्य नेपालीको उद्धारका लागि यथाशीघ्र पहल गर्न नेपाल सरकारलाई आग्रह गरेका छन् । विभिन्न मुलुकबाट कूल ५० हजार ९३ जनाले निवेदन दिएकामा प्राथमिकताका आधारमा परराष्ट्र मन्त्रालयले चार्टर्ड विमानमार्फत २४ हजार १४८ जनालाई मात्र फिर्ता ल्याउन सिफारिस गरेको छ । कोभिड–१९ को प्रभावका कारणले मलेशिया र खाडी देशमा मात्र करिब २० हजार नेपाली पहिलो चरणमा उद्धारको पर्खाइमा छन् ।

यस्तै सङ्घका कोषाध्यक्ष महेश श्रेष्ठका अनुसार कोभिड–१९ को ठूलो प्रभाव रहेका ११ मुलुकमा सङ्घले करिब रु ७० लाख आर्थिक सहयोग गरेको छ । यसअघि गैरआवासीय नेपाली सङ्घले अप्ठ्यारोमा परेका नेपालीको उद्धारका लागि सहयोग गर्न आफ्ना विदेशस्थित शाखा ९राष्ट्रिय समन्वय परिषद्० लाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया