श्रावण १९, २०८३ मंगलबार August 4, 2026

इन्टरनेट अगाडि हलमा ‘पर्खी बसें तिमीलाई’ ट्रेलर

‘पर्खी बसें तिमीलाई’ मार्फत अभिनेतामा किरण श्रेष्ठ र अभिनेत्रीमा रक्षा बुढाथोकीको डेब्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रेमकथामा आधारित फिल्म ‘पर्खी बसें तिमीलाई’ को ट्रेलर इन्टरनेटमा सार्वजनिक गर्नु अगाडि हलमा रिलिज गरिएको छ । राजाराम बुढाथोकीद्वारा निर्मित फिल्मको सार्वजनिक ट्रेलरले दर्शकमा कौतुहलता बढाएको छ । अहिले हलमा विभिन्न फिल्म हेर्न पुगेका दर्शकलाई ट्रेलर मनोरंजन दिएको छ ।

दीपक श्रेष्ठको निर्देशनमा तयार भएको फिल्म पुस २७ मा प्रदर्शन गरिने तय भएसँगै हलबाट ट्रेलर सार्वजनिक गरिएको हो । दुई पोस्टर र गीत सार्वजनिक गरिएको फिल्मको ट्रेलर इन्टरनेटमा भने सोमबार सार्वजनिक गरिने निर्माण पक्षले जानकारी दिएको छ ।

हलमा बजिरहेको ट्रेलरले सकारात्मक प्रभाव पारिरहेको अभिनेत्री रक्षा बुढाथोकीले बताइन । सञ्चारमाध्यममा अन्तर्वार्ता दिने क्रममा उनले ठूलो पर्दामा देखिदाको अनुभव छुटै रहेको समेत बताइन । ‘सार्वजनिक ट्रेलरमा हासो, रोदन, एक्सन, विछोड सम्पूर्ण कुराको मिश्रण छ । दर्शकले यसबाट भरपुर मनोरन्जन पाउनुहुनेछ’, रक्षाले भनिन् । उनले फिल्ममा आफू लभर गर्लको भूमिकामा रहेको जानकारी दिईन् ।

निर्देशक श्रेष्ठले ‘पर्खी बसे’ मार्फत नयाँ कलाकारका रुपमा राजबल्लभ कोइराला र युना उप्रेतीलाई फिल्ममा डेब्यु गराएका थिए । यसपटक उनेल ‘पर्खी बसें तिमीलाई’ मार्फत अभिनेतामा किरण श्रेष्ठ र अभिनेत्रीमा रक्षा बुढाथोकीले डेब्यु गराएका छन् ।

अभिनेता किरणले पनि लभ स्टोरीमा प्रस्तुत हुन् पाउँदा खुसी व्यत गरे । ‘दीपक सर जस्तो लिजेन्ड निर्देशकको एक्सन कटमा काम गर्न पाए । निकै उत्साहित छु । आफू सुहाउँदो भूमिकामा प्रस्तुत भएको छु’, किरणले भने । उनले आफूलाई विश्वास गरेर डेब्यु गराउने निर्माता राजारामलाई समेत धन्यवाद व्यक्त गरे ।

निर्माता राजाराम बुढाथोकीले विना सम्झौता फिल्म तयार गरिएको जानकारी दिए । उनले भने,‘यसमा प्रेमसँगै पारिवारिक द्वन्द्वको मिश्रण छ । यो विशुद्ध मनोरन्जनात्मक फिल्म बनेको छ । स-परिवार हेरेर मनोरञ्जन लिन सक्नु हुनेछ । यसमा अहिलेको पुस्ताको प्रेम कथा देखाईएको छ ।’

रोमान फिल्म र तपश्री फिल्म्स (सिक्किम) को संयुक्त व्यानरमा निर्माण गरिएको फिल्ममा अनिशा रसाइली, शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् । यसमा राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सह निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायांकन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको सङ्गीत, भुपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन रहेको छ ।

यसको छायांकन नेपालसँगै सिक्किमको रमणीय दृश्यमा गरिएको छ । फिल्म काठमाडौँ उपत्यकामा करण श्रेष्ठले रीच इन्टरटेनमेन्ट मार्फत र मोफसलमा एफडी कम्पनिले प्रदर्शनका लागि वितरण गर्नेछ । वितरक श्रेष्ठले हलमा रिलिज गरिएको ट्रेलरले सकारात्मक प्रतिक्रिया पाइरहेको र हल संचालक ट्रेलरलाई लिएर सकारात्मक रहेको बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार