श्रावण १९, २०८३ मंगलबार August 4, 2026

‘लक्की फिल्मी अवार्ड’ को दोस्रो संस्करण आगामी असार ८ मा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चितवन, ९ पुस। सबै खाले कार्यक्रमको एउटै आधार लक्की मिडिया हाउस चितवनले आयोजना गर्ने लक्की फिल्मी अवार्डको दोस्रो संस्करण आगामी असार ८ गते हुने भएको छ ।

मिडियाका महाप्रबन्धक हरि कार्की लक्कीले एक विज्ञप्ती जारी गर्दै दोस्रो संस्करणको लक्की फिल्मी अवार्ड २०८१ असार ८ गते गरिने जानकारी दिए ।

मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनको आयोजनामा ‘चलचित्र उद्योगको प्रर्वद्धन र प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान’ भन्ने नाराका साथ लक्की फिल्मी अवार्डको दोस्रो संस्करण गर्न लागिएको कार्कीको भनाइ छ ।

मोफसलमा रहेर पनि नेपाली सिनेजगतको संरक्षण र जगेर्ना गर्नका लागि अवार्ड कार्यक्रम आयोजना गरिएको हो । अवार्डको कार्यक्रममा २४ विधामा कलाकारलाई सम्मान गर्ने कार्कीले बताए।

‘लक्की फिल्मी अवार्डको पहिलो संस्करण केही समय अघि सफलताका साथ सम्पन्न गर्न पाउँदा हामी उत्साहित भएका छौँ’ उनले भने,  ‘दोस्रो संस्करण असार ८ गते गर्ने गरी हामी तयारीमा जुटेका छौँ ।’ चितवनको इतिहासमा नै लक्की मिडिया हाउसले पहिलो पटक फिल्मी अवार्ड गरेको उहाँले बताउनुभयो । अवार्डका दोस्रो संस्करणका लागि आयोजकले प्रचार–प्रसार र अन्तरक्रिया कार्यक्रमलाई तीव्र बनाएको उनले  बताए।

विभिन्न जिल्लामा गएर अवार्डमा सहभागी हुनका लागि निमन्त्रणा दिने, अन्तरक्रिया गर्ने र भेटघाटका कार्यक्रम अघि बढाइने कार्कीले जानकारी दिनुभयो । विसं २०७१ सालमा चितवनमा स्थापना गरिएको लक्की मिडिया हाउसले मोफसलमा रहेर नेपाली सिनेमा बजारको प्रचार र यसकोे प्रर्वद्धननका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार