श्रावण ७, २०८२ बुधबार July 23, 2025

अर्जेन्टिनी राष्ट्रपतिले गरे तीन सय कानुनमा संशोधन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अर्जेन्टिनाका नवनिर्वाचित दक्षिणपन्थी राष्ट्रपति हाभियर मिलेईले देशको अर्थतन्त्रमा व्यापक सुधार गर्ने एक अध्यादेश सार्वजनिक गरेका छन् ।

डिसेम्बर १० मा कार्यभार सम्हालेका मिलेईले एक आपत्कालीन अध्यादेशमार्फत झन्डै तीन सय कानुनमा संशोधन वा पूर्ण खारेजीको घोषणा गरेका छन् । देशको शिथिल अर्थतन्त्र सुधारका लागि यो कदम आवश्यक रहेको मिलेईले दाबी गरे । अध्यादेशले गर्ने नयाँ परिवर्तनमा अर्जेन्टिनाको भाडा बजारदेखि सुपरमार्केट आपूर्तिसम्मलाई समेट्ने कानुन खुकुलो बनाइएको छ । त्यस्तै, सरकारी संस्थानको निजीकरणमा लागू प्रतिबन्धसमेत हटाइएको छ ।

आलोचकहरू भने अध्यादेश लागू भए ठूलो स्तरमा रोजगारी जोखिममा पार्ने र दशौँ लाख अर्जेन्टिनीले सस्तो आवास गुमाउने चिन्ता व्यक्त गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया