श्रावण १९, २०८३ मंगलबार August 4, 2026

शाहरुखको डंकीले पाँच दिनमा कमायो २११ करोड

शाहरुख खानको फिल्मले बक्स अफिसमा सुस्त सुरुवात गरेपनि अन्ततः ‘डङ्की’लाई विश्वभर निकै मन पराउन थाले

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः  शाहरुख खानको फिल्म  ‘डंकी’ सिनेमा घरमा धुम मचाइरहेको छ ।

यसै बर्ष रिलिज भएका शाहरूखको ‘जवान’ र ‘पठान’ जस्तै राजकुमार हिरानीको फिल्म ‘डंकी’ले पनि बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ ।

राजकुमार हिरानीले निर्देशन गरेको डंकीलाइ दर्शकले निकै माया दिइरहेका छन । यही कारणले गर्दा ‘डङ्की’ लाई विश्वभर नै मन पराइरहेको छ । शाहरुख खानको फिल्मले बक्स अफिसमा सुस्त सुरुवात गरेपनि अन्ततः ‘डङ्की’लाई विश्वभर निकै मन पराउन थालिएको छ ।

डंकीले विश्वभर २०० करोडभन्दा बढी कमाइसकेको छ । यो जानकारी शाहरुख खान र गौरी खानको कम्पनी रेड चिली इन्टरटेनमेन्टले हालै सामाजिक सञ्जाल इन्स्टाग्रामबाट दिएको हो । रेड चिलीका अनुसार डङ्कीले विश्वभर हालसम्म २११.१३ करोड रुपैयाँ कमाइसकेको छ ।

डंकीमा शाहरुख खानसँगै तापसी पन्नु, विक्की कौशल, बोमन इरानी र अनिल ग्रोवर जस्ता कलाकार मुख्य भूमिकामा छन् । डंकी गत २१ डिसेम्बरमा हलमा रिलिज भएको हो ।

उल्लेखनीय छ कि डंकीले पहिलो दिन भारतमा २९.२ करोड र विश्वभर ५८ करोड कमाएको थियो । दोस्रो दिन यो संख्या भारतमा २०.१२ करोड पुगेको थियो  भने डङ्कीले विश्वभर १०३ करोड कमाएको छ । तेस्रो दिन भारतमा यो संख्या २५.५ करोड पुगेको जनाईएको थियो ।

फिल्मको बजेट १२० करोड रहेको बताइएको छ । शाहरुख खानले पहिलो पटक राजकुमार हिरानीसँग फिल्ममा काम गरेका हुन् । राजकुमार हिरानीले मुन्ना भाई एनबीबीएस, ३ इडियट्स, पीके र सञ्जु जस्ता ब्लकबस्टर फिल्म बनाइसकेका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार