श्रावण ६, २०८२ मंगलबार July 22, 2025

विश्व बजारमा कच्चा तेलको भाउ बढ्यो

लाल सागर भएर हुने ढुवानीमा केही सहजता देखिएको भए पनि मध्य पूर्वमा तनाव जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः विश्व बजारमा कच्चा तेलको भाउ बढेको छ । अघिल्लो दिनको कारोबारमा तीव्र कमीपछि बिहीबार तेलको भाउमा सुधार आएको हो । मध्यपूर्वमा तनाव बढिरहेको भए पनि लाल सागर भएर हुने ढुवानी अवरोध सम्बन्धी चिन्ता केही खुकुलो बनेपछि तेलको भाउले टेवा पाएको हो ।

लन्डनस्थित आईसी एक्सचेञ्जको कोमेक्स डिभिजनमा बिहीबार बिहानी कारोबारमा तेलको अन्तर्राष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको भाउ शून्य दशमलव १ प्रतिशतले बढेर प्रतिब्यारेल ७९ डलर ७५ सेन्टमा पुगेको थियो । सोही अवधिमा न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सस इन्टरमिडियट (डब्ल्यूटीआई)को भाउ पनि ५ सेन्ट तल झरेर प्रतिब्यारेल ७४ डलर शून्य ६ सेन्टमा किनबेच भइरहेको थियो । ढुवानी गर्ने प्रमुख कम्पनीहरूले लाल सागरबाट हुने ढुवानी सुचारु गरेपछि बुधबारको कारोबारमा दुवै बेञ्चमार्कको भाउ २ प्रतिशतले घटेको थियो ।

यो समाचार तयार पार्दासम्म नेपाली समयअनुसार बिहान ११ः२९ बजे ब्रेन्ट क्रुडको भाउ शून्य दशमलव ५३ प्रतिशतले बढेर प्रतिब्यारेल ७९ डलर ६६ सेन्टमा पुगेको थियो । सोही समयमा डब्ल्यूटीआईको भाउ पनि शून्य दशमलव ५० प्रतिशतले बढेर ७४ डलर १५ सेन्ट पुग्यो । लाल सागर भएर हुने ढुवानीमा केही सहजता देखिएको भए पनि मध्य पूर्वमा तनाव जारी छ । यस क्षेत्रको द्वन्द्वमा इरानको संलग्नताले तेल विक्री थप अप्ठ्यारो बनाएको विश्लेषण गरिएको छ । यस्तोमा तेल बजार पुनः बढ्न सक्ने बताइएको छ । डेनिश ढुवानी कम्पनी मेयस्र्कले आगामी हप्तादेखि स्वेज नहर र लाल सागर भएर दर्जनौँ कन्टेनर जहाज पठाउँदै छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उज्यालोको बाटोमा संघर्ष गर्नु नै बिपीको सम्मान हो : महामन्त्री थापा
२०८२ श्रावण ६, मंगलबार
मदन पुरस्कारका लागि सात पुस्तकको सूची सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
नेपाल स्वतन्त्र र स्वाधीन रहनुपर्छ भन्ने बिपी कोइरालाको स्पष्ट धारणा थियो : नेता सिटौला
२०८२ श्रावण ६, मंगलबार
प्रदेश सरकारले सप्तरीमा ट्याङ्करमार्फत खानेपानी वितरण गर्दै
२०८२ श्रावण ६, मंगलबार
भूकम्पपीडितका लागि स्थायी आवास र पुनर्निर्माणमा सरकार सशक्त ढंगले लागेको छ : गृहमन्त्री
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रिय सभा बैठक : तराईमा खानेपानी र सिँचाइको व्यवस्था गर्न सांसदहरूको माग
२०८२ श्रावण ६, मंगलबार
श्रीलङ्काले आपराधिक सम्बन्धमा प्रहरी प्रमुखलाई बर्खास्त गर्ने
२०८२ श्रावण ६, मंगलबार