काठमाडौं, १३ पुस । अभिनेता सौगात मल्ल र प्रमोद अग्रहरी दुवैकाे पृष्ठभूमि थिएटर मात्र होइन दुवै एकै गाउँका बालसखा पनि हुन् ।
यी दुवै बालसखा फेरि एक पटक पर्दामा सँगै देखिने भएका हुन् । ‘प्रेम दिवस’ र ‘नाइँ नभन्नू ल ६’निर्माण गरेका सञ्जय न्यौपानेले निर्माण गर्न लागेको चलचित्र ‘रक्तबीज’मा दुवैको अभिनय रहने भएको हो ।

निर्माता सञ्जय न्यौपानेले शुक्रबार टाइटल पोस्टर सार्वजनिक गर्दै फिल्मबारे जानकारी दिएका हुन् ।
फिल्ममा प्रदीप भारद्वाजको लेखन रहनेछ । चलचित्रलाई सौरभ लामाले छायांकन गर्नेछन् । यो फिल्ममा सौगात र प्रमोदसहित विशाल खरेल पनि देखिंदैछन् । खरेलले ‘प्रेम दिवस’बाट अभिनय र निर्माण करिअर थालेका थिए ।
फिल्ममा एलए ग्रुप युएसए र कमल खतिवडाको लगानी रहनेछ । सौगातले बलिदान र पञ्चामृतको सुटिगपछि यो चलचित्रको सुटिग सुरु गर्नेछन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया