कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

डंकीका निर्देशक हिरानीकाे खुलासा, ‘मुन्नाभाइ-३ बनाउने सोचमा छु, पुराना स्क्रिप्ट खाेतल्छु ’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मुम्बई, १४ पुस । हाल राजकुमार हिरानी आफ्नो पछिल्लो रिलिज शाहरुख खान स्टारर फिल्म  ‘डंकी’ को सफलताको आनन्द लिइरहेका छन् ।

यी सबै खबरको बीचमा हिरानीले सञ्जय दत्त अभिनीत आफ्नो ब्लकबस्टर फिल्म ‘मुन्ना भाई’ फ्रेन्चाइजको सबैभन्दा प्रतिक्षित तेस्रो किस्ताको बारेमा एक रोमाञ्चक अपडेट साझा गरेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार राजकुमारानी हिरानीले  ‘मुन्ना भाइ एमबीबीएस’ को तेस्रो भागको सम्भावना रहेको संकेत गरेका छन् ।

डंकीका निर्देशक हिरानीको खुलासा, ‘मुन्नाभाइ-३ बनाउने सोचमा छु, पुराना स्क्रिप्ट खोतल्छु ’

‘मुन्ना भाइसँगको हाम्रो संघर्ष यो हो कि पछिल्ला दुई फिल्म यति राम्रो बनेका छन् कि मसँग अझै ५ वटा आधा लिखित स्क्रिप्टहरू छन् । म प्रायः सञ्जु (सञ्जय दत्त) सँग कुरा गर्छु, बनाउनु पर्ने पनि उनको भनाइ छ । यो ‘डंकी’को कथा अब समाप्त भयो, त्यसैले अब पुराना कथाहरूको बाकस खोल्छु। मलाई अर्को मुन्ना भाइ बनाउन मन लागेको छ  तर कहिले थाहा छैन।’

सन् २००३ मा पहिलो पटक राजकुमार हिरानीले मुन्ना भाइ (सञ्जय दत्त) र सर्किट (अरशद वारसी)को प्रतिष्ठित चरित्र कमेडी फिल्म मुन्ना भाइ एमबीबीएस मार्फत संसारलाई परिचय गराए । यो फिल्मले बक्स अफिसमा धमाका उडायो र सुपर डुपर हिट भयो । यसपछि हिरानीले सन् २००६ मा यही फिल्म  ‘लगे रहो मुन्ना भाइ’को सिक्वेल रिलिज गरेका थिए ।

यस फिल्ममा फेरि एकपटक सञ्जय दत्त र अर्शद वारसारीले गान्धी गिरीको स्पर्शले मानिसको मन छोएका छ । त्यसयता फ्यानहरु यस फिल्मको तेस्रो पार्टको प्रतिक्षामा छन् ।

यसैबीच, हिरानीको पछिल्लो रिलिज फिल्म शाहरुख खान अभिनित फिल्म ‘डन्की’को पनि निकै प्रशंसा भइरहेको छ । फिल्ममा तापसी पन्नु, विक्की कौशल, बोमन इरानी, ​​अनिल ग्रोवर र विक्रम कोचरको पनि महत्वपूर्ण भूमिका छ । डिसेम्बर २१ मा रिलिज भएको यो फिल्मले बक्स अफिसमा ३२३ करोडभन्दा बढी कमाई गरिसकेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसका निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण आज
२०८३ कार्तिक १२, बिहिबार
मौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई
२०८३ कार्तिक १२, बिहिबार
सिंगा-तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो
२०८३ कार्तिक १२, बिहिबार
एनपीएल : पहिलो जितको खोजीमा जनकपुर र काठमाडौं, दोस्रो जितको लक्ष्यमा कर्णाली
२०८३ कार्तिक १२, बिहिबार
रेल दुर्घटना पछि स्पेनिस कपका राेकिए २४ वटा खेल
२०८३ कार्तिक १२, बिहिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक १२, बिहिबार
न्यायालयमा ‘सेटिङ’ गर्ने बिचौलिया सापकोटासँग सर्वोच्चका न्यायाधीशको संवाद
२०८३ कार्तिक १२, बिहिबार