श्रावण ६, २०८२ मंगलबार July 22, 2025

अमेरिकाले संसदलाइ बाइपास गरेर १४७ मिलियनको हतियार इजरायललाई बिक्रि गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बिडेनको प्रशासनले इजरायललाई आपतकालीन हतियार बिक्री गर्ने भएको छ ।

वाइडेन प्रशासनले अमेरिकी संसदललाई फेरि एकपटक बाइपास गरेर सो हतियार बिक्री गर्न लागेको हो । बढ्दो अन्तर्राष्ट्रिय आक्रोशको बावजुद गाजा पट्टीमा आफ्नो आक्रमणलाई तीव्र र फराकिलो बनाउनका लागि वाइडेन प्रशासनले यो कदम चालेको अन्तराष्ट्रिय मिडियाले जनाएका छन् ।

Biden administration bypasses Congress on weapons sales to Israel | Israel-Palestine  conflict News | Al Jazeera

अमेरिकी विदेश सचिव एन्टोनी ब्लिन्केनका अनुसार इजरायललाई १४७.५ मिलियन अमेरिकी डलको उपकरण एक महिना भन्दा कममा समयमा दोस्रो आपतकालीन निर्णयमार्फत बिक्रिी गर्न लागिएको हो ।

‘इजरायलको रक्षात्मक आवश्यकताहरूको जरुरीतालाई ध्यानमा राख्दै’ सो निर्णययमा पुग्नु परेको सचिव ब्लिन्केनले भने । उनले सो बारेमा अमेरिकी संसदलाई सुचित गर्दै भनेका छन कि हतियार स्थानान्तरणको तत्काल स्वीकृति आवश्यक रहेकाले आपतकालिन रुपमा आफ्नो प्रत्यायोजित अधिकार प्रयोग गरिएको छ ।

बाइडेन र नेतान्याहु बीचको मित्रतामा दरार, अमेरिकी राष्ट्रपतिले भने- हामीबीच  मतभेद छ तर… – Dcnepal

‘संयुक्त राज्य अमेरिका इजरायलको सुरक्षाको लागि प्रतिबद्ध छ र इजरायलले सामना गर्ने खतराहरूबाट आफूलाई बचाउन सक्षम छ भनी सुनिश्चित गर्न यो अमेरिकी राष्ट्रिय हितका लागि महत्त्वपूर्ण छ,’ हतियार पठाउनुको उदेश्यका बारेमा उनले प्रस्टाउने कोशिश गरेका छन ।

उनका अनुसार हतियारको सो प्याकेजमा फ्युज, चार्ज र प्राइमरहरू सहित सहायक वस्तुहरू समावेश छन्, जुन इजरायलले पहिले खरिद गरेको १५५ एमएम शेलहरू बनाउन आवश्यक पर्दछ।

शुक्रबारको आपतकालीन निर्धारण, जुन दुर्लभ मानिएको छ ।  कम्तिमा चार अघिल्लो अमेरिकी प्रशासनहरूले पनि यस्तो अधिकारको प्रयोग गरेको थिए, यसको मतलब विदेशी सैन्य बिक्रीको लागि सम्भावित रूपमा लामोसमयसम्म संसदको  समीक्षाको आवश्यकतालाई बाइपास गरिनेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भूकम्पपीडितका लागि स्थायी आवास र पुनर्निर्माणमा सरकार सशक्त ढंगले लागेको छ : गृहमन्त्री
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रिय सभा बैठक : तराईमा खानेपानी र सिँचाइको व्यवस्था गर्न सांसदहरूको माग
२०८२ श्रावण ६, मंगलबार
श्रीलङ्काले आपराधिक सम्बन्धमा प्रहरी प्रमुखलाई बर्खास्त गर्ने
२०८२ श्रावण ६, मंगलबार
फाइभ–जी नेटवर्क जतिसक्दो छिटो सञ्चालन गर्न मन्त्री गुरुङको निर्देशन
२०८२ श्रावण ६, मंगलबार
फेवातालको पहिचान र सुन्दरता जोगाउन जुटे पोखरेली
२०८२ श्रावण ६, मंगलबार
एमालेको सक्रिय राजनीतिमा फर्किएँ, पछि हट्दिनँ : पूर्वराष्ट्रपति भण्डारी
२०८२ श्रावण ६, मंगलबार
प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट
२०८२ श्रावण ६, मंगलबार