कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

फिल्म ‘अगस्त्य’को फस्टलुक रिलिज गर्दै प्रदर्शन मिति घोषणा

फिल्मलाई फागुनको १८ गतेबाट नेपालसँगै विश्वभर रिलिज गर्ने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, १६ पुस । फिल्म ‘द अन ब्रेकेबल अगस्त्यः च्याप्टर १’को फस्टलुक रिलिज गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ।

फिल्मका नायक सौगात मल्लको दुई वटा गेटअप सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति पक्का गरिएको हो। यो फिल्मलाई फागुनको १८ गतेबाट नेपालसँगै विश्वभर रिलिज गर्ने तयारी यसको निर्माणपक्षले गरेको छ।

सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मको फस्टलुकमा नायक सौगात मल्ललाई ‘सौर्य’ पात्रको रुपमा चित्रित गरिएको छ। एउटा लुक्समा सौगातको कसिलो शरीर र एक्सन रुपमा देख्न सकिन्छ। अर्को लुक्समा भने उनी गोरखपुरको रेलवे अगाडि हिडिरहेको देख्न सकिन्छ। यी दुबै लुक्सले सौगात मल्लको भूमिका र उनको अभिनयलाई लिएर आम दर्शकमाझ कौतुहलता पैदा गर्ने निश्चित छ।

निर्माणपक्षले दिएको जानकारी अनुसार, यो फिल्मका लागि सौगातले सुरुवातमा करिब २० केजी तौल घटाएका थिए । पछि, फेरि सौगातले १० केजी तौल बढाएका थिए। फिल्मका लागि सौगात मल्लले गरेको मिहिनेत पोष्टरमा प्रष्ट छल्किएको छ।

फिल्ममा सौगातको साथमा नाजिर हुसेन, मलिका महत्त, प्रमोद अग्रहरि, विजय बराल, रविन्द्र झा लगायतका कलाकारको पनि अभिनय छ। तर, निर्माणपक्षले फस्टलुकमा सौगातको मात्र दुई फरक गेटअप सार्वजनिक गरेको हो। फिल्ममा संजय लामाको छायांकन छ।

यो फिल्मलाई डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार पारिएको हो । फिल्ममा प्रकाश मल्ल, अनिष तामाङ र बिनोद पौडेलको लगानी छ। फिल्मका कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन्। फिल्मलाई नेपालभर डीसीएनले वितरण गर्नेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसका निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण आज
२०८३ कार्तिक १२, बिहिबार
मौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई
२०८३ कार्तिक १२, बिहिबार
सिंगा-तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो
२०८३ कार्तिक १२, बिहिबार
एनपीएल : पहिलो जितको खोजीमा जनकपुर र काठमाडौं, दोस्रो जितको लक्ष्यमा कर्णाली
२०८३ कार्तिक १२, बिहिबार
रेल दुर्घटना पछि स्पेनिस कपका राेकिए २४ वटा खेल
२०८३ कार्तिक १२, बिहिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक १२, बिहिबार
न्यायालयमा ‘सेटिङ’ गर्ने बिचौलिया सापकोटासँग सर्वोच्चका न्यायाधीशको संवाद
२०८३ कार्तिक १२, बिहिबार