श्रावण ६, २०८२ मंगलबार July 22, 2025

इरान बिष्फोटमा मारिनेको संख्या १०३ पुग्यो

विस्फोटमा मारिनेको संख्या अझै बढ्न सक्ने सरकारी निकायको अनुमान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तेहरान, १९ पुस । इरानको केरमान सहरमा दुईवटा शक्तिशाली विस्फोट हुँदा मृत्यु हुनेको संख्या १०३ पुगेको छ ।

सो घटनामा परी  १ सय ७० भन्दा बढी घाइते भएका छन् । विस्फोटहरू देशका पूर्व जनरल कासिम सुलेमानीको चिहान नजिक भएको थियो।

इरानको सरकारी सञ्चारमाध्यमले सुलेमानीको हत्याको चौथो वर्षगाँठको अवसरमा आयोजना गरिएको कार्यक्रममा यी विष्फोट भएको जनाएको छ ।

इरानका डेपुटी गभर्नरले यो घटनालाई आतंकवादी हमला भनेका छन् । सन् २०२० मा अमेरिकाले जनरल कासिम सुलेमानीलाई ड्रोन आक्रमणमा मारेको थियो । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीपछि सुलेमानीलाई देशका सबैभन्दा शक्तिशाली व्यक्तिमा थिए ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा सडकमा धेरै शव देखिएका छन् । इरानी सरकारी मिडियामा पोस्ट गरिएको भिडियोमा विस्फोटपछि ठूलो भीड क्षेत्रबाट भागेको देखाइएको छ। यस्तो अवस्थामा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

इरानको राष्ट्रिय आपतकालीन सेवा संगठनका प्रवक्ता बाबक येक्ता परस्तले विस्फोटमा मारिनेको संख्या अझै बढ्न सक्ने बताए ।

अल जजिराका अनुसार इरानी सरकारी टेलिभिजनलाई भने कि ‘हामीले प्राप्त गरेको जानकारीले घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको देखाएको छ।’

उनले यो पनि भने कि आपतकालीन सेवा हेलिकप्टरहरू केरमानबाट बिरामीहरूलाई राजधानी तेहरानका अस्पतालहरूमा लगिएको छ ।

पूर्व जनरल सुलेमानी ३ जनवरी २०२० मा बगदाद एयरपोर्टमा अमेरिकी ड्रोन आक्रमणमा मारिएका थिए। जसको निधन भएको आज चार वर्ष पूरा भएको छ । यसै अवसरमा उनको सम्मानमा एक कार्यक्रमको आयोजना गरिएको थियो, सोही कार्यक्रममा यी विस्फोटहरू भएका छन ।

उल्लेखनीय छ कि २०२० मा ट्रम्पले सुलेमानीको मृत्युलाई सबैभन्दा ठूलो विजयको रूपमा वर्णन गरेका थिए र अमेरिकाले उनलाई विश्वको नम्बर एक आतंकवादी भन्ने गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार
ऊर्जामार्फत बिपीको सपना साकार पार्न लागेका छौं : ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ६, मंगलबार
लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानी हक्की टिमले भारतमा एसिया कप नखेल्ने, भन्यो, ‘सुरक्षा ग्यारेन्टी छैन्’
२०८२ श्रावण ६, मंगलबार
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार