असोज ६, २०८३ मंगलबार September 22, 2026

क्यानले सार्वजनिक गर्‍यो क्रिकेटको वार्षिक क्यालेण्डर (खेल तालिका)

मार्च–अप्रिलमा बंगलादेश, श्रीलंका र अफगानिस्तानको ‘ए’ टोलीसँग टी–२० सिरिज खेल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, १९ पुस । नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२४ को वार्षिक खेल तालिका सार्वजनिक गरेको छ । क्यानले बिहीबार वर्षभर आयोजना गरिने खेल तालिका सार्बजनिक गरेको हो ।

क्यानद्वारा सार्वजनिक गरिएको वार्षिक क्यालेन्डरमा जनवरी ५ देखि १२ सम्म दक्षिण अफ्रिकामा यू–१९ हाई प्रफरमेन्स क्याम्प सञ्चालन हुने, जनवरी १३ देखि फेब्रुअरी ११ सम्म दक्षिण अफ्रिकामा पुरुष यू–१९ विश्वकप आयोजना हुने, फेब्रुअरी ५ देखि मार्च २५ सम्म क्यानडाविरुद्धको सिरिज खेल्ने तथा फेब्रुअरी मलेसियामा एसीसी महिला प्रिमियर कप खेल्ने उल्लेख छ ।

यसैगरी फेब्रुअरी २७ देखि मार्च ५ सम्म नेपालले नामिबिया र नेदरल्यान्ड्सँग त्रिकोणात्मक टी–२० सिरिज खेल्ने, मार्चमै हङ्कङमा चार राष्ट्र सम्मिलित टी–२० सिरिज खेल्ने, मार्च १९ देखि अप्रिल ३० सम्म घरेलु मैदानमा आयरल्यान्डको ‘ए’ टोलीसँग पाँचवटा एकदिवसीय खेलको सिरिज खेल्ने तथा मार्च–अप्रिलमा बंगलादेश, श्रीलंका र अफगानिस्तानको ‘ए’ टोलीसँग टी–२० सिरिज खेल्ने छ ।

त्यस्तै अप्रिलमा एसीसी मेन्स प्रिमियर कप टी–२० प्रतियोगिता, अप्रिल-मे मा महिला द्विपक्षीय टी–२० शृंखलामा सहभागिता जनाउने, जुनमा अमेरिका र वेस्ट इन्डिजमा आईसीसी टी–२० पुरुष विश्वकप खेल्ने तथा जुलाई–अगस्तमा नेपाली टिम बेलायत भ्रमणमा जाने वार्षिक क्यालेन्डरमा उल्लेख गरिएको छ । बेलायत भ्रमणका क्रममा नेपालले एकदिवसीय र टी–२० सिरिज खेल्ने उल्लेख गरिएको छ ।

त्यस्तै  जुलाई–अगस्तमा महिला द्विपक्षीय टी–२० सिरिज खेल्ने, सेप्टेम्बरमा पुनः महिला द्विपक्षीय टी–२० सिरिज आयोजना गर्ने, सेप्टेम्बरमै एसीसी महिला एसिया कप खेल्ने, सेप्टेम्बरमै नेपाल, क्यानडा र ओमन सम्मिलित पुरुष टी–२० क्रिकेट सिरिज खेल्ने तथा अक्टोबरमा पुरुष यू–१९ एसिया कप खेल्ने पनि वार्षिक क्यालेन्डरमा उल्लेख रहेको छ ।

यसैगरी अक्टोबरमा अमेरिकामा आयोजक राष्ट्र र स्कटल्यान्डसँग टी- २० सिरिज खेल्ने, नोभेम्बरमा आईसीसी महिला यू–१९ विश्वकपको छनोट प्रतियोगिता खेल्ने, नोभेम्बर १६ देखि डिसेम्बर ७ सम्म नेपाल प्रिमियर लिग आयोजना गर्ने, डिसेम्बरमा महिला द्विपक्षीय टी–२० सिरिज आयोजना गर्ने तथा डिसेम्बरमा नै पुरुष प्रथम श्रेणीको तीन दिवसीय प्रतियोगिता आयोजना गर्ने वार्षिक क्यालेन्डरमा समावेश गरिएको छ । डिसेम्बरमा नै पुरुष टी–२० इमर्जिङ टिम एसिया कप खेल्ने उल्लेख छ ।

घरेलु गतिविधितर्फ डिसेम्बरमा प्रधानमन्त्री कप महिला क्रिकेट आयोजना गर्ने, फेब्रुअरीमा मनमोहन मेमोरियल यू–१६ प्रतियोगिता आयोजना गर्ने, जनवरी–फेब्रुअरीमा प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने तथा जनवरी–फेब्रअरीमा नै महिला यू–१९ राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने वार्षिक क्यालेन्डरमा उल्लेख छ । यसैगरी फेब्रुअरी, मार्च र अप्रिलमा दुई दिवसीय र तीन दिवसीय पुरुष एलिट ट्रफी आयोजना गर्ने, फेब्रुअरीमा सुशिल कोइराला च्याम्पियन्स ट्रफी आयोजना गर्ने, फेब्रुअरी–मार्चमा इन्डो–नेपाल टी–२० प्रतियोगिता आयोजना गर्नेलगायतका कार्यक्रम क्यानले सार्वजनिक गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्धि-सम्झौताअनुसार कानुन निर्माणमा ढिलाइ हुँदैन : मन्त्री गौतम
२०८३ असोज ६, मंगलबार
जेन्जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने
२०८३ असोज ६, मंगलबार
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान, यस्तो छ न्युयोर्कको कार्यतालिका
२०८३ असोज ६, मंगलबार
काँग्रेसमा गगनको विकल्प छैन : उपसभापति भुसाल
२०८३ असोज ६, मंगलबार
उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव
२०८३ असोज ६, मंगलबार
भरत दाहाललाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चकाे आदेश
२०८३ असोज ६, मंगलबार
लुम्बिनी प्रदेशकी सांसद काफ्लेलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
२०८३ असोज ६, मंगलबार