श्रावण ६, २०८२ मंगलबार July 22, 2025

गाजाबाट ५१ जना प्यालेस्टिनी महिला इजरायली सेनाद्वारा गिरफ्तार

इजरायलले मानवअधिकार सङ्गठनका वकिलहरूलाई बन्दीहरूलाई भेट्न र तिनीहरूको अवस्थाबारे बुझ्न रोके

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः इजरायली सेनाले हमाससँग चलिरहेको युद्धका बीच गाजा पट्टीबाट कम्तीमा ५१ जना प्यालेस्टाइनी महिलालाई पक्राउ गरेको प्यालेस्टाइनी समूहले बिहीबार बताएको छ ।

‘प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन डिटेनीज एण्ड एक्स-प्रिजनर्स अफेयर्स अथोरिटी र ‘प्यालेस्टाइन प्रिजनर्स क्लबले’ संयुक्त विज्ञप्ति जारी गर्दै ती महिलाहरूलाई इजरायलको डेमोन जेलमा राखिएको बताएको छ। पक्राउ पर्नेमा ८२ वर्षीया महिला र उनका थुप्रै आफन्त पनि रहेको उनीहरूले बताएका छन् ।

More than 6,000 Palestinians arrested by Israel in 2018 | Daily Sabah

समूहहरूले गाजाबाट महिला बन्दीहरूको वास्तविक सङ्ख्या बढी रहेको जानकारी आएको तर तिनीहरूसँग डेमोन जेलमा रहेकाहरूको बारेमा मात्र स्पष्ट तथ्याङ्क रहेको बताएका छन् ।

विज्ञप्तिमा भनिएको – गिरफ्तार महिलाहरूले “यातना र अपमान” को सामना गर्नुपरेको छ र गाजाका अन्य बन्दीहरू जस्तै “पीडादायी परिस्थिति” मा हिरासतमा राखिएका छन् ।

Israel arrested 390 Palestinians last year for 'inciting violence' on  social media – Middle East Monitor

इजरायलले मानवअधिकार सङ्गठनका वकिलहरूलाई बन्दीहरूलाई भेट्न र तिनीहरूको अवस्थाबारे बुझ्न रोकेको र साथै रेडक्रसको अन्तरराष्ट्रिय समितिलाई त्यहाँ पहुँच दिन पनि अस्वीकार गरेको बताएको छ।

यता इजरायली जेल प्रशासनले भने, त्यहाँ केवल ६६१ जना गाजा बन्दीहरू रहेको खुलासा गरेको छ र तिनीहरूलाई “गैरकानूनी लडाकु” भनेर दर्जा दिइएको छ।सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार
ऊर्जामार्फत बिपीको सपना साकार पार्न लागेका छौं : ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ६, मंगलबार
लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानी हक्की टिमले भारतमा एसिया कप नखेल्ने, भन्यो, ‘सुरक्षा ग्यारेन्टी छैन्’
२०८२ श्रावण ६, मंगलबार
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार