असार २३, २०८२ सोमबार July 7, 2025

भारतमा कोरोना बाट मृत्यु हुनेको संख्या ९ हजार नाघ्यो, तीन लाख २० हजार ९२२ संक्रमित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या ९ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ हजार १९५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ३११ जनाको मृत्यु भएको हो ।

त्यस्तै अहिलेसम्म कोरोना भाइरसको कारण संक्रमित हुनेको संख्या अहिलेसम्म भारतमा तीन लाख २० हजार ९२२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ११ हजार ९२९ नयाँ संक्रमित फेला परेका हुन् ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसका एक लाख चार हजार ५६८ संक्रमित फेला परेका छन् भने तीन हजार ८३० जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । त्यस्तै तामिलनाडुमा अहिलेसम्म ४२ हजार ६८७ संक्रमित फेला परेका छन् भने ३९७ जनाको मृत्यु भइसकेको छ । दिल्लीमा ३८ हजार ९५८ जना संक्रमित भेटिँदा एक हजार २७१ जनाको मृत्यु भइसकेको छ । गुजरातमा २३ हजार ३८ संक्रमित फेला परिसकेका छन् भने एक हजार ४४८ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै उत्तर प्रदेशमा अहिलेसम्म १३ हजार ११८ संक्रमित फेला परेका छन् भने ३८५ जनाको मृत्यु भएको छ । पश्चिम बंगालमा १० हजार ६९८ संक्रमित भेटिएका छन् भने ४६३ जनाको मृत्यु भइसकेको छ । बिहारमा ६ हजार २९० संक्रमित फेला परेका छन् भने ३९ जनाको मृत्यु भइसकेको छ ।

अहिलेसम्म भारतमा कोरोना भाइरसका एक लाख ६२ हजार ३७९ संक्रमित निको भएर घर फर्किसकेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार