३२ जेठ, काठमाडौँ । साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य स्थिर रहि प्रतितोला ८९ हजार ६०० कारोवार भइरहेको छ ।
यसअघि शुक्रबार पनि छापावाला सुन प्रतितोला ८९ हजार ६०० मा नै कारोवार भएको थियो ।
आज तेजावी सुनको मुल्य ८९ हजार १६५ कायम भएको छ ।
त्यस्तै, आइतबार चाँदीको मुल्य पनि स्थिर रहि प्रतितोला ९३५ रुपैयाँमा कारोवार भइरहेको महासंघले जानकारी दिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया