मंग्सिर २, २०८३ बुधबार November 18, 2026

उत्तर कोरियाले आणविक हतियार नत्याग्ने

उत्तर कोरियासँग ५७ वटा शक्तिशाली आणविक हतियार रहेको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सियोल, १ असोज : उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले आफ्नो देशको आणविक हतियार सम्पन्न राष्ट्रको हैसियत स्थायी र अपरिवर्तनीय रहेको बताउनुभएको छ । उहाँले उत्तर कोरियाले आणविक हतियार त्याग्ने आशा राख्नु ‘मूर्खतापूर्ण सोच’ भएको टिप्पणी गर्नुभएको हो ।

आधिकारिक कोरियन सेन्ट्रल न्युज एजेन्सीमार्फत जारी वक्तव्यमा उहाँले बाह्य शक्तिहरूले उत्तर कोरियाको आणविक हैसियत अस्वीकार गरे पनि त्यसमा कुनै परिवर्तन नआउने बताउनुभयो । उहाँका अनुसार प्योङयाङको आणविक शस्त्रागारले बाह्य दबाब रोक्न महत्त्वपूर्ण भूमिका खेलिरहेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँग ५७ वटा शक्तिशाली आणविक हतियार रहेको बताउनुभएको छ भने दक्षिण कोरियाले यो सङ्ख्या ८० देखि १२० सम्म रहेको अनुमान गरेको छ । भियनामा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको महासम्मेलन चलिरहेका बेला किम यो जोङको यस्तो प्रतिक्रिया आएको हो ।

सन् २०१९ मा किम जोङ उन र तत्कालीन अमेरिकी राष्ट्रपति ट्रम्पबीच आणविक निशस्त्रीकरणको बदलामा प्योङयाङले पाउने सुविधाबारे भएको दोस्रो शिखर वार्ता असफल भएपछि उत्तर कोरियाले आफ्नो आणविक शस्त्रागार विस्तार गर्दै आएको छ । रासस\एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तातोपानी नाका तत्काल खुलाउन चीनसँग परराष्ट्रमन्त्री खनालको आग्रह
२०८३ मंग्सिर २, बुधबार
सभामुख अर्याल र चिनियाँ जनसंघका अध्यक्ष याङबीच शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर २, बुधबार
दानबहादुर कार्कीको रिटमा सर्वोच्चले बोलायो दुवै पक्ष, अन्तरिम आदेशबारे निर्णय हुने
२०८३ मंग्सिर २, बुधबार
त्रिवि पुनर्संरचनाअन्तर्गत पीएन क्याम्पसलाई स्वायत्त बनाउने गृहकार्य सुरु
२०८३ मंग्सिर २, बुधबार
मोरङमा निःशुल्क आँखा शिविर, ३ हजार ५०० को परीक्षण र २७५ जनाको मोतियाबिन्दुको शल्यक्रिया
२०८३ मंग्सिर २, बुधबार
एनपीएल इलिमिनेटरमा आज काठमाडौं र चितवन भिड्दै, विजेताले दोस्रो क्वालिफायर खेल्ने
२०८३ मंग्सिर २, बुधबार
नमोबुद्ध जात्रा : करुणा र देहत्यागको बौद्ध मान्यता जोडिएको ऐतिहासिक मेला
२०८३ मंग्सिर २, बुधबार