कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

देश विदेशमा अवार्ड जितेको डकुमेन्ट्री ‘नो विन्टर होलिड’ अब सिनेमा हलमा

आउँदो शुक्रबारदेखि काठमाडौँको सुन्धारास्थित सिटिसी मलमा रहेको सिने दि सेफमा प्रदर्शन हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ २२ पुस । राजन कठेत र सुनिर पान्डेको निर्देशनमा बनेको डकुमेन्ट्री ‘नो विन्टर होलिड’ हलमा पनि रिलिज हुने भएको छ ।

निर्देशक राजन कठेतका अनुसार यो फिल्म आउँदो शुक्रबारदेखि काठमाडौँको सुन्धारास्थित सिटिसी मलमा रहेको सिने दि सेफमा प्रदर्शन हुनेछ ।

लन्डनको सेफिल्ड डकुमेन्ट्री फिल्म फेस्टिभलमा वल्र्ड प्रिमियर भएको फिल्मले विश्वका प्रतिष्ठित फेस्टिभलमा सहभागिता जनाएको थियो । त्योमध्ये फिल्मले अल्टरनेटिभ फिल्म प्रोजेक्टले प्रदान गर्ने ‘नेटिभा अवार्ड’ र डोकुबाकु अवार्ड जितेको थियो। त्योबाहेक डकुमेन्ट्रीले केही समय अघि सम्पन्न मानव अधिकार चलचित्र महोत्सवमा उत्कृष्ट डकुमेन्ट्रीको अवार्ड जितेको थियो ।

निर्देशक राजनले अनुभवका लागि एउटा हलमा रिलिज गर्ने र त्यसको प्रतिक्रिया हेरेर बाँकी हलमा रिलिज गर्ने कि नगर्ने भन्ने योजना रहेको बताए । ‘डकुमेन्ट्री हलमा प्रदर्शन गर्ने प्रचलन नै नेपालमा छैन । भएकामा पनि दर्शकको उपस्थिति के कति हुन्छ थाहा छैन । त्यसैले पहिला एउटा हलमा रिलिज गरेर हेरौँ । त्यहाँ राम्रो भयो भने अरु हलतिर सोच्न सकिन्छ,’ राजनले भने ।

नेपाली नाम ‘ढोरपाटन’ रहेको डकुमेन्ट्रीले त्यही क्षेत्रमा जाडो कटाउन बाध्य दुई सौतेनी महिलाको कथा प्रस्तुत गर्छ । बबिन दुलालले खिचेको फिल्मले फेस्टिभलहरुमा प्रशस्त प्रशंसा पाएको थियो । राजन कठेत र सुनिर पाण्डेको संयुक्त निर्देशन रहेको ७९ मिनेटको यो डकुमेन्ट्री दर्जन बढी विदेशी फिल्म फेस्टिभलको यात्रा गरिसकेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसका निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण आज
२०८३ कार्तिक १२, बिहिबार
मौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई
२०८३ कार्तिक १२, बिहिबार
सिंगा-तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो
२०८३ कार्तिक १२, बिहिबार
एनपीएल : पहिलो जितको खोजीमा जनकपुर र काठमाडौं, दोस्रो जितको लक्ष्यमा कर्णाली
२०८३ कार्तिक १२, बिहिबार
रेल दुर्घटना पछि स्पेनिस कपका राेकिए २४ वटा खेल
२०८३ कार्तिक १२, बिहिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक १२, बिहिबार
न्यायालयमा ‘सेटिङ’ गर्ने बिचौलिया सापकोटासँग सर्वोच्चका न्यायाधीशको संवाद
२०८३ कार्तिक १२, बिहिबार