श्रावण ६, २०८२ मंगलबार July 22, 2025

जर्मनीद्वारा साउदी अरबमा हतियार निर्यात पुनः सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जर्मनीले सन् २०१८ देखि लगाइएको नाकाबन्दी अन्त्य गर्दै मिसाइलको बिक्रीलाई स्वीकृति दिएर साउदी अरबलमा सिधै हतियार निर्यात पुनः सुरु गरेको सरकारका प्रवक्ता स्टिफन हेबेस्ट्रेइटले बुधबार बताउनुभएको छ ।

हेबेस्ट्रेइटले जर्मन साप्ताहिक स्पिगलको प्रतिवेदनलाई पुष्टि गर्नुभएको हो । प्रतिवेदनमा बर्लिनले साउदी अरबलाई एक सय ५० आइरिस–टी एयर–टु एयर मिसाइल निर्यातका लागि हरियो सङ्केत दिएको उल्लेख छ ।

Germany resumes arms exports to Saudi Arabia after 5 years - TRENDS Mena

“यो प्रतिवेदनको विवरण सही छन्”, नियमित सरकारी समाचार सम्मेलनमा हेबेस्ट्रेइटले भन्नुभयो, “नयाँ स्वीकृत आइरिस–टी मिसाइलहरू हवाई लक्ष्य अर्थात मिसाइल, ड्रोन आदिमाथि विमानबाट हान्न सकिन्छ ।”

स्पिगलका अनुसार जर्मन समूह डाइहल डिफेन्सले निर्माण गरेको मिसाइलहरूको निर्यातको मञ्जुरी गत वर्षको अन्त्यमा दिइएको थियो ।

इस्तानबुलमा साउदी वाणिज्य दूतावासमा असन्तुष्ट पत्रकार जमाल खशोगीको सन् २०१८ मा हत्या भएपछि जर्मनीले रियादलाई हतियार बिक्री रोकेको थियो । यद्यपि बर्लिनले हालै साउदी अरबलाई हतिायर निर्यातमा आफ्नो अडानलाई कम गरेको छ । जर्मन सरकाले इजराइल–हमास युद्धमा साउदी अरबको ‘रचनात्मक दृष्टिकोण’ को प्रशंसा गरेको छ ।

Germany resumes weapons sales to Saudi Arabia | Roya News

साउदी अरबले हमाससँग युद्धको प्रारम्भपछि इजराइलसँगको सम्बन्धलाई सामान्य बनाउने योजना नछाडेको विदेशमन्त्री एनालेना बेयरबकले आइतबार बताउनुभएको थियो । रियादले यमनमा इरान समर्थित हुथी विद्रोहीद्वारा इजराइलमाथि प्रहार गरेको मिसाइलहरूलाई रोक्ने प्रयाससमेत गरेको थियो ।

बर्लिनले सोमबार साउदी अरबलाई युरोफाइटर  जेटको निर्यातको अनुमति दिन पनि तयार रहेको बताएको थियो । एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानी हक्की टिमले भारतमा एसिया कप नखेल्ने, भन्यो, ‘सुरक्षा ग्यारेन्टी छैन्’
२०८२ श्रावण ६, मंगलबार
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार