श्रावण ६, २०८२ मंगलबार July 22, 2025

इजराइली सेनाद्वारा ‘अनजानमा’ लडाकूको शरीरमाथि गाडी चलाएको स्वीकार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः यसै साताको प्रारम्भमा कब्जा गरिएको पश्चिम किनारमा भएको बन्दुक युद्धमा आफ्नो सवारी ‘अनजानमा’ एक प्यालेस्टिनी लडाकूको शरीरमाथि चलेको इजराइली सेनाले बुधबार बताएको छ ।

सोमबार तुल्कारेम सहरमा मारिएका लडाकूमाथि सैन्य गाडी चलेको सामाजिक सञ्जाल फुटेजले सार्वजनिक गरेपछि प्यालेस्टिनी अधिकारीहरूले इजराइलले ‘क्रुर अपराध’ गरेको आरोप लगाएका छन् ।

The Secrets Hamas Knew About Israel's Military - The New York Times

सेनाले आतङ्कवाद विरोधी अभियानमा प्रहरीको सहयोग गर्दा गोलाबारी भएको र तीन ‘आतङ्कवादी’ को मृत्यु भएको बताएको छ । इजराइली सेनाले भनेको छ, “भिडियोमा जुन अपरेसनल सवारी देखिएको छ, त्यसलाई गोलाबारीमा फसेका सेनालाई निकाल्नका लागि पठाइएको थियो र अनजानमा सवारी आतङ्कवादीको शरीरमाथि चढ्यो ।”

सेनाले के भएको थियो भन्नेबार समीक्षा गर्ने उल्लेख गर्दै भिडियोले घटनालाई समग्ररूपमा नदेखाएको बताएको छ । सामाजिक सञ्जालमा साझा गरिएको सोमबारको घटनाको फुटेज सुरक्षा क्यामेराबाट लिएको जस्तो देखिन्छ र एउटा बख्तरबन्द गाडी निर्जीव शरीरमाथि विस्तारै गुडेको देखाइएको छ ।

सवारी फेरि रोकिन्छ र फेरि गुड्दै आफ्नो पछाडिको चक्काले शरीरलाई पुनः कुल्चँदै अगाडि बढ्छ । सोही क्यामेरबाट लिइएको अन्य फुटेजमा इजराइली बल र लडाकू समूहबिच गोलाबारी भएको देखाइएको छ । एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानी हक्की टिमले भारतमा एसिया कप नखेल्ने, भन्यो, ‘सुरक्षा ग्यारेन्टी छैन्’
२०८२ श्रावण ६, मंगलबार
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार