श्रावण १९, २०८३ मंगलबार August 4, 2026

सृष्टि र महेशको चलचित्र ‘११.५५’ को सुटिङ सकियो

प्रधुम्न मिश्र र रामशरण उप्रेतीको छायांकन रहेको चलचित्रलाई भदौमा प्रदर्शन गर्ने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ , २६ पुस  । ११.५५ मा घट्ने घटनाको वरिपरि रहेर निर्माण गरिएको चलचित्र ‘११.५५’ को सुटिङ सकिएको छ । निर्माण टिमले निर्धारित समयभन्दा तीन चार दिन अघि नै फिल्मको सुटिङ सकाएको जानकारी गराएको हो । बुधबार मात्र निर्माण टिमले इन्ड क्ल्याप गर्दै फिल्मका कलाकार तथा प्राविधिकलाई धन्यवाद दिएको थियो ।

सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, सागर खनाल र करिष्मा श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्रलाई केशव पाण्डेले निर्देशन गरेका हुन् । अष्ट्रेलियाको मेलबर्न बस्ने पाण्डेको यो डेब्यु निर्देशन हो । फिल्मलाई पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवाली मिलेर लेखेका हुन् । फिल्ममा एमएस अग्रजले अभिनय पनि गरेका छन् ।

प्रधुम्न मिश्र र रामशरण उप्रेतीको छायांकन रहेको चलचित्रलाई भदौमा प्रदर्शन गर्ने लक्ष्य निर्माण टिमको रहेको छ । निर्देशक पाण्डेले चलचित्र थ्रिलर विधामा बनेको बताउँदै विधागत फिल्म निर्माणमा यसले छाप छाड्नसक्ने विश्वास व्यक्त गरे ।

सृष्टि श्रेष्ठले पनि चलचित्रमा काम गर्दा रमाइलो भएको बताउँदै दर्शकलाई पनि निराश नबनाउने बताइन् ।‘मैले ड्रामा र लभस्टोरी विधाका चलचित्रमा धेरै काम गरेकी थिएँ । थ्रिलर मेरा लागि नयाँ विधा थियो । यही कारण पनि म उत्साहित छु । त्योभन्दा पनि सुटिङ गरुन्जेल मलाई एकदमै मजा आएको थियो । आशा छ दर्शकलाई पनि आउँछ,’ उनले भनिन् । सृष्टिको अभिनय रहेको नयाँ फिल्म ‘ दि रेड सुटकेस’ आउँदो नयाँ वर्षमा प्रदर्शन हुँदैछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार