श्रावण ६, २०८२ मंगलबार July 22, 2025

इरानद्धारा अमेरिकन कार्गो जहाज कब्जा

समुन्द्री युद्दको सम्भावना र खतरा थप बढाउँदै गएको बेला इरानले अमेरिकन तेल कार्गो कब्जा गरे पछि बिश्वव्यापी चिन्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः इरानले टर्कीका लागि तेल निर्यात गर्ने अमेरिकन कार्गो जहाज कब्जामा लिएको छ ।

गत वर्ष त्यही जहाज र यसको तेल संयुक्त राज्यले जफत गरेको बदलामा टर्कीको लागि इराकी कच्चा तेलसहितको ट्याङ्कर जफत गरेको इरानी समाचार माध्यमले जनाएका छन ।

इरानको पछिल्लो यो कदमले कदमले मध्य पुर्वमा क्षेत्रीय तनाव निम्त्याउने सम्भावना थप बढेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । ‘इस्लामिक रिपब्लिक अफ इरानको नौसेनाले अदालतको आदेश अनुसार ओमानको खाडीमा एक अमेरिकी तेल ट्याङ्करलाई नियन्त्रणमा लिएको छ,’ राज्य सञ्चालित आइआरएनए समाचार एजेन्सीले जनाएको छ ।

‘गत वर्ष संयुक्त राज्यले इरानी तेल चोरी गरेपछि सेन्ट निकोलस ट्याङ्करलाई इरानको नौसेनाले नियन्त्रणमा लिएको हो,’ इरानी नौसेनाले इरानी समाचार एजेन्सी फार्सलाई जानकारी दिदैँ भन्यो ।

इरानको यो कदमलाइ अमेरिकाले यसलाई गैरकानूनी कब्जा भनेर निन्दा गरेको छ । र, साथै इरानलाई कब्जा गरिएका जहाज र त्यसका चालक दललाई तुरुन्त रिहा गर्नसमेत माग गरेको छ।

यमनको इरानी पठित हुथीहरूले लाल सागरमा जहाजहरूमा आक्रमण गरेको हप्ता पछि यो कब्जा भएको हो। हुथी विद्रोहीहरूले गाजामा इजरायलको आक्रमणको बीचमा प्यालेस्टिनीहरूसँग ऐक्यबद्धतामा आक्रमणहरू गरिरहेको बताउँदै आएका छन ।

सो समूहको आक्रमणले व्यस्त जलमार्गमा गस्ती गर्ने अमेरिकी नेतृत्वको सेनाबाट सम्भावित प्रतिशोधात्मक हमलाको जोखिम बढाएको छ । विशेष गरी संयुक्त राष्ट्र सुरक्षा परिषदले बुधवार हुथीहरूको निन्दा गरेपछि यहाँ समुन्द्री युद्दको सम्भावना र खतरा थप बढाउँदै गएको बेला इरानले अमेरिकन तेल कार्गो कब्जा गरे पछि बिश्वव्यापी चिन्ता बढेको छ।

हुथीहरू अरबी प्रायद्वीपको दक्षिण पश्चिममा बाब अल मन्डब स्ट्रेटमा केन्द्रित छन् तर बिहीबारको यो घटना ओमान र इरानको बीचमा रहेको स्ट्रेट अफ हर्मुजको नजिक अवस्थित थियो।

ब्रिटिश समुद्री सुरक्षा फर्म एम्ब्रेले भने कि घटना बिहान स्थानिय समय अनुसार ७ बजे भएको थियो । धेरै इरानी हतियारधारीहरू ओमानको सोहरबाट ५० समुद्री माइल पूर्वमा मार्शल टापुको झण्डा भएको सेन्ट निकोलसमा चढेका थिए र त्यसपछि सो जहाजलाइ इरानको बन्दरगाहतर्फ लगेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानी हक्की टिमले भारतमा एसिया कप नखेल्ने, भन्यो, ‘सुरक्षा ग्यारेन्टी छैन्’
२०८२ श्रावण ६, मंगलबार
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार