कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

गदर-२ लाइ पछि पार्दै महेशबाबुको ‘गुंटुर करम’ दुइ दिनमा नै १०० करोड क्लबमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मुम्बइ, २९ पुस । दुई वर्षपछि पर्दामा फर्किएका साउथ सुपरस्टार महेश बाबुको चमक अझै कायम छ । उनको बहुप्रतिक्षित फिल्म ‘गुंटुर कारम’ १२ जनवरी देखी सिनेमा हलमा धुम मच्चाइरहेको छ ।

यो फिल्मलाई लिएर निकै क्रेज रहेको छ । पहिलो दिन बक्स अफिस कलेक्सन (गुंटुर करम बक्स अफिस कलेक्शन) गरेको महेश बाबुको यो फिल्मको कमाई दोस्रो दिन पनि जारी छ । ‘गुंटुर करम’ बाट महेश बाबुको बलियो कमब्याक पहिले नै अपेक्षा गरिएको थियो। बम्पर अग्रिम बुकिङबाट नै फिल्मले राम्रो कमाइ गर्ने प्रष्ट भएको थियो ।

भारतीय सञ्चारमाध्यमका अनुसार महेशको  ‘गुंटुर करम’ ले पहिलो दिन करिब ४१.३ करोडको शानदार व्यापार गरेको छ । जहाँ विश्वभर यो संख्या ८० करोड नाघेको छ । फिल्म धेरै भाषामा रिलिज भएको थियो । यो एक्सन थ्रिलर फिल्मले दर्शकको राम्रो प्रतिक्रिया पाएको छ । फिल्मको कमाई पनि निकै राम्रो मानिएको छ । यो फिल्मले कमाईका हिसाबले पनि धेरै रेकर्ड बनाएको छ ।

पहिलो दिन जस्तै दोस्रो दिन पनि ‘गुन्टुर करम’ हेर्नको लागि भीड लागेको छ । चलचित्रले हलमा हलचल मचाइरहेको छ । दोस्रो दिनको कलेक्सन रिपोर्ट अनुसार फिल्मले दोस्रो दिन १३ करोड कमाएको छ । भारतमा दुई दिनमा संकलन ५४ करोड पुगेको छ । जहाँ विश्वभर यो संख्या १०० करोड नाघेको छ ।

उद्घाटन दिनमा ‘गुन्टुर करम’ को जादू देखियो । दोस्रो दिन पनि चलचित्रले तिब्र गतिमा काम गरिरहेको छ । पहिलो दिन करिब ५० करोडको व्यापार गरेको यो फिल्मले बलिउड सुपरस्टार सनी देओलको फिल्म  ‘गदर २’ लाई पनि पछि पारेको छ । ‘गदर २’ ले पहिलो दिन करिब ४० करोड कमाएको थियो । महेश बाबुको फिल्म ‘गुंटुर करम’ ले आगामी दिनमा धेरै कमाईको कीर्तिमान बनाउन सक्ने अपेक्षा गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसका निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण आज
२०८३ कार्तिक १२, बिहिबार
मौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई
२०८३ कार्तिक १२, बिहिबार
सिंगा-तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो
२०८३ कार्तिक १२, बिहिबार
एनपीएल : पहिलो जितको खोजीमा जनकपुर र काठमाडौं, दोस्रो जितको लक्ष्यमा कर्णाली
२०८३ कार्तिक १२, बिहिबार
रेल दुर्घटना पछि स्पेनिस कपका राेकिए २४ वटा खेल
२०८३ कार्तिक १२, बिहिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक १२, बिहिबार
न्यायालयमा ‘सेटिङ’ गर्ने बिचौलिया सापकोटासँग सर्वोच्चका न्यायाधीशको संवाद
२०८३ कार्तिक १२, बिहिबार