श्रावण ६, २०८२ मंगलबार July 22, 2025

गाजा युद्दका लागि इजरायल मन्त्रिपरिषले छुटायो थप १५ बिलियन डलर

केही मन्त्रीहरूको बिरोधका बाबजुद संसोधनसहित १५ बिलियन डलरको बजेट पारित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तेल अहिव, २ माघ । इजरायलले गाजा युद्धका लागि १५ बिलियन डलर थप खर्च गर्ने भएको छ ।

इजरायलको मन्त्रिपरिषद्ले संशोधित बजेट पारित गर्दै गाजा युद्धका लागि थप १५ बिलियन डलर खर्च गर्ने भएको हो ।

इजरायलको मन्त्रिपरिषद्ले हालै पारित गरेको गाजा युद्धको प्रकाशमा थप खर्चको  १५ बिलियन बिलियन थपेर संशोधित सन २०२४ का लागि बजेट पारित गरेको इजरायली वित्त मन्त्रालयले जनाएको छ ।

गाजामा जारी युद्दमा भडकिलो खर्च गर्न नहुने भन्ने केही मन्त्रीहरूको बिरोधका बाबजुद संसोधनसहित १५ बिलियन डलरको बजेट पारित गरेको हो ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मतदान अघि भने, ‘यो युद्ध बजेट हो, जसले हाम्रा रिजर्भेष्टहरू, तिनीहरूका परिवारहरू, स्व–रोजगारी र सरकारी मन्त्रालय र जनताको आवश्यकताको पनि ख्याल राख्छ।’

सो बजेट पारित गर्ने क्रममा प्रधानमन्त्री नेतान्याहुले भने, ‘हामीले स्वास्थ्य बजेट पनि बढाउँदैछौं र मानसिक स्वास्थ्यको लागि एक अर्ब शेकेल थप्दैछौं, यो महत्त्वपूर्ण आवश्यकता हो। शिक्षा बजेट, कल्याणकारी बजेट, आन्तरिक सुरक्षा बजेटमा बृद्धि भएको छ तर सबैभन्दा महत्त्वपूर्ण रक्षा बजेट, जुन विजय र हाम्रो भविष्यका लागि आवश्यक छ ।’

इजरायली मिडियाका अनुसार युद्द बजेट धेरै भएको भन्दै जनताहरूले असहमति प्रकट गरिरहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार