श्रावण १९, २०८३ मंगलबार August 4, 2026

पुष्पा, केजिएफ र कान्ताराको रेकर्ड तोडदै ‘हनुमान’ उत्तर भारतमा सुपरहिट

 ‘हनुमान’ ले उत्तर भारतमा १२.२६ करोड कमाएर रेकर्ड तोड्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नयाँदिल्ली, २ माघ । साउथ इन्डियन फिल्म  ‘हनुमान’ ले बक्स अफिसमा धमाकेदार कमाई गरिरहेको छ ।

सिनेमा हलमा रिलिज भएको चार दिन भैसकेको यो फिल्म बक्स अफिसमा ब्लकबस्टर बन्दै गएको छ । अब प्यान इन्डियन फिल्म  ‘हनुमान’ ले तीन दिनमा साउथका तीन ठूला फिल्मको रेकर्ड तोडेको छ ।

उत्तर भारतमा फिल्मले कमाईको हिसाबले पुष्पाः द राइज, केजीएफः च्याप्टर १ र कान्ताराको हिन्दी संस्करणलाई पछाडि छोडेको छ।  ‘हनुमान’ ले उत्तर भारतमा १२.२६ करोड कमाएर यो रेकर्ड तोडेको हो ।

यससँगै यो फिल्म उत्तर र दक्षिण भारतमा ब्लकबस्टर बनिरहेको छ । मात्र २५ करोडमा बनेको फिल्म ‘हनुमान’ले पहिलो दिन भारतीय बक्स अफिसमा ८.०५ करोड कमाएको थियो । फिल्म शुक्रबार बक्स अफिसमा आएसँगै दर्शकको भीड देखिएको छ । जहाँ विश्वभर यो संख्या २० करोड नाघेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार यो फिल्मको दोस्रो दिन देखी धमकेदार सुरुवात गरेको हो । दोस्रो दिन विश्वभर करिब १४ करोड कलेक्सन गरेको थियो ।

फिल्मका निर्देशक प्रशान्त वर्माले फिल्मको उत्कृष्ट कम्प्युटर इमेजिङ ग्राफिक्स र स्पेशल इफेक्टलाई हैदरावादमा काम गर्ने केही युवाहरुले मिलेर निकै कम बजेटमा तयार पारेको बताएका छन् । यसको कथा यस्तो ठाउँमा समाप्त हुन्छ, जहाँ यसको सिक्वेल फिल्म ‘जय हनुमान’ सुरु हुनेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार