कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

पुष्पा, केजिएफ र कान्ताराको रेकर्ड तोडदै ‘हनुमान’ उत्तर भारतमा सुपरहिट

 ‘हनुमान’ ले उत्तर भारतमा १२.२६ करोड कमाएर रेकर्ड तोड्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

नयाँदिल्ली, २ माघ । साउथ इन्डियन फिल्म  ‘हनुमान’ ले बक्स अफिसमा धमाकेदार कमाई गरिरहेको छ ।

सिनेमा हलमा रिलिज भएको चार दिन भैसकेको यो फिल्म बक्स अफिसमा ब्लकबस्टर बन्दै गएको छ । अब प्यान इन्डियन फिल्म  ‘हनुमान’ ले तीन दिनमा साउथका तीन ठूला फिल्मको रेकर्ड तोडेको छ ।

उत्तर भारतमा फिल्मले कमाईको हिसाबले पुष्पाः द राइज, केजीएफः च्याप्टर १ र कान्ताराको हिन्दी संस्करणलाई पछाडि छोडेको छ।  ‘हनुमान’ ले उत्तर भारतमा १२.२६ करोड कमाएर यो रेकर्ड तोडेको हो ।

यससँगै यो फिल्म उत्तर र दक्षिण भारतमा ब्लकबस्टर बनिरहेको छ । मात्र २५ करोडमा बनेको फिल्म ‘हनुमान’ले पहिलो दिन भारतीय बक्स अफिसमा ८.०५ करोड कमाएको थियो । फिल्म शुक्रबार बक्स अफिसमा आएसँगै दर्शकको भीड देखिएको छ । जहाँ विश्वभर यो संख्या २० करोड नाघेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार यो फिल्मको दोस्रो दिन देखी धमकेदार सुरुवात गरेको हो । दोस्रो दिन विश्वभर करिब १४ करोड कलेक्सन गरेको थियो ।

फिल्मका निर्देशक प्रशान्त वर्माले फिल्मको उत्कृष्ट कम्प्युटर इमेजिङ ग्राफिक्स र स्पेशल इफेक्टलाई हैदरावादमा काम गर्ने केही युवाहरुले मिलेर निकै कम बजेटमा तयार पारेको बताएका छन् । यसको कथा यस्तो ठाउँमा समाप्त हुन्छ, जहाँ यसको सिक्वेल फिल्म ‘जय हनुमान’ सुरु हुनेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसका निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण आज
२०८३ कार्तिक १२, बिहिबार
मौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई
२०८३ कार्तिक १२, बिहिबार
सिंगा-तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो
२०८३ कार्तिक १२, बिहिबार
एनपीएल : पहिलो जितको खोजीमा जनकपुर र काठमाडौं, दोस्रो जितको लक्ष्यमा कर्णाली
२०८३ कार्तिक १२, बिहिबार
रेल दुर्घटना पछि स्पेनिस कपका राेकिए २४ वटा खेल
२०८३ कार्तिक १२, बिहिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक १२, बिहिबार
न्यायालयमा ‘सेटिङ’ गर्ने बिचौलिया सापकोटासँग सर्वोच्चका न्यायाधीशको संवाद
२०८३ कार्तिक १२, बिहिबार