श्रावण १९, २०८३ मंगलबार August 4, 2026

सञ्जयलिला भन्सालीले १९ बर्ष पछि शाहरूख खानलाइ लिएर चलचित्र बनाउँदै

देवदास पछि १९ बर्ष पछि बनाउने फिल्मकाे नाम 'इजहार’ नाम राखिएकाे दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मुम्बई, ३ माघ । बलिउड सुपरहिट निर्देशक सञ्जय लीला भन्सालीको अघिल्लो फिल्म  ‘गंगुबाई काठियावाडी’ ले बक्स अफिसमा राम्रो कमाई गरेको थियो ।

अब सञ्जय लीला भन्साली फेरि एक पटक ब्लकबस्टर फिल्म लिएर आउँदैछन् । यस फिल्ममा सञ्जय लीला भन्सालीले शाहरुख खानलाई कास्ट गर्ने भएका छन । भारतीय सञ्चारमाध्यमका अनुसार यस फिल्मको नाम  ‘इन्शाअल्लाह’ राखिएको छ । कतिपयले देवदास पछि १९ बर्ष पछि बनाउने फिल्मकाे नाम ‘इजहार’ नाम राखिएकाे पनि जनाएका छन् ।

सुपरहिट निर्देशक सञ्जय लीला भन्साली र सुपरहिट अभिनेता शाहरुख खानको जोडी फेरि एकपटक बक्स अफिसमा धुम मच्चाउन तयार भएको जनाइएको छ । यसअघि सन् २००२ मा सुपरहिट निर्देशक–अभिनेताको जोडीले फिल्म ‘देवदास’ बाट कमाईको कीर्तिमान तोडेका थिए । भारतीय सञ्चारमाध्यमका अनुसार यो फिल्मको तयारी सुरु भइसकेको छ । यो चलचित्रको पूर्वप्रोडक्सन मे–जुनबाट सुरु हुनेछ ।

सञ्जय लीला भन्सालीको यो फिल्म रोमान्टिक कमेडी हुने बताइएको छ । यस फिल्ममा शाहरुख खान मुख्य भूमिकामा देखिने छन् । तर, फिल्मको थप कलाकारको बारेमा भने अहिलेसम्म कुनै खुलासा गरिएको छैन । फिल्मको बारेमा अहिलेसम्म आधिकारिक जानकारी भने दिइएको छैन । तर चलचित्रको छायांकन छिट्टै सुरु हुने बताइएको छ ।

यसअघि सन् २००२ मा ‘देवदास’ मार्फत सञ्जय लीला भन्साली र शाहरुख खानको जोडीले बक्स अफिसमा अचम्मको कमाई गरेको थियो । यो फिल्मले कमाईका सबै रेकर्ड तोडेको थियो । ४४ करोड रुपैयाँको ठूलो बजेटमा बनेको यो फिल्मले विश्वभर ९९ करोडभन्दा बढी कमाई गरेर २००२ को सबैभन्दा धेरै कमाउने फिल्मको उपाधि जितेको थियो। अब फेरि यो जोडी बक्स अफिसमा धमाका मच्चाउन तयार छ । यद्यपी यो फिल्मको बारेमा आधिकारिक जानकारी भने दिइएको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार