१ असार, जनकपुरधाम । आज असार १ गते प्रदेश नं। २ को सरकारले अगामी आर्थिक वर्ष २०७७–७८ का लागि बजेट ल्याउदै छ । सो बजेट झण्डै ३२ अर्व को रहेको जनाइएको छ ।
पूँजिगततर्फ ५५ प्रतिशत र चालुतर्फ ४५ प्रतिशत गरी झण्डै ३२ अर्बको बजेट ल्याउन लागेको प्रदेश २ आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव प्रेमकुमार श्रेष्ठले बताएका छन् ।
जुन बजेट चालु आब २०७६।०७७ को तुल्नामा ६ अर्ब अर्थात झण्डै १५ प्रतिशतले कम छ । प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु ३८ अर्व ७२ करोड ५६ लाख ६१ हजारको बजेट प्रस्तुत गरेको थियो । यो बजेटमा कोरोना माहामारीका कारण स्वास्थ्य तथा कृषि क्षेत्रमा बढी प्राथमिकता पाएको जनाइएको छ ।
आज साँझ ५ बजे हुने प्रदेश सभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले अगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुहुने छ । यो भन्दा पहिला लामो रस्साकस्सी पश्चात प्रदेश २ सरकारको आगामी आर्थिक वर्ष २०७७।०७८ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। आइतबार बसेको चौथो अधिवेशनको १० औं बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।
गएको जेठ २५ गते प्रदेशसभा बैठकमा प्रदेश २ प्रमुख तिलक परियारले अगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । मुख्यमन्त्री लालबाबु राउतले आव २०७७।०७८ को नीति तथा कार्यक्रम सदनमा पेश गरेका थिए।प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र प्रतिपक्षी नेकपाका सांसदहरुले नीति तथा कार्यक्रममा संशोधन प्रस्ताव दर्ता गराएका थिए ।
कांग्रेस तथा नेकपाका सांसदहरु सदस्यहरु बाबुलाल साह, दिलिप कुमार साह, शिवचन्द्र चौधरी, गोविन्द बहादुर न्यौपाने, रुबी कुमारी कर्ण, नरेश कुमार यादव, सुन्दर बहादुर विश्वकर्मा र सिता गुरुङ्गलगायतकाले संशोधन प्रस्ताव पेश गरेका हुन् ।
ति सबै संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएपछि सभामुख सरोज कुमार यादवले बहुमतबाट नीति तथा कार्यक्रम पारित भएको घोषणा गरेका छन्।नीति तथा कार्यक्रम गत बुधवार नै पारित हुने कार्यसूचीमा रहेको थियो । प्रदेश २ सभाको अर्को बैठक सोमबार साँझ ५ बजेसम्मको लागि स्थगित भएको हो । सोमबार बस्ने प्रदेशसभामा प्रदेश २ सरकारले अगामी आर्थिक वर्ष २०७७।०७८ को बजेट प्रस्तुत गर्ने कार्यसूचि रहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया