श्रावण २४, २०८३ आइतबार August 9, 2026

क्वारेन्टिनमा भएको बलात्कार प्रकरणलाई लिएर वडा कार्यालय तोडफोड, सबै सेवा बन्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

धनगढी । लम्कीचुहा नगरपालिका वडा नम्बर १ वडा कार्यालयले एक विज्ञप्ति जारी अनिश्चितकालका लागि कार्यालयबाट दिइने सेवा बन्द गरेको जनाएको छ ।

शनिबार राति लम्कीचुहा नगरपालिका वडा नम्बर १ शहीद स्मृति माविको क्वारेन्टिनमा भएको सामूहिक बलात्कार प्रकरणलाई लिएर जनप्रतिनिधिहरुलाई गालीगलौजका साथै कार्यालय तोडफोड गरेको भन्दै वडा कार्यालयले दोषीलाई कारबाहीको मागसहित सेवा बन्द गरेको हो ।

वडाअध्यक्ष जनकबहादुर बमले विज्ञप्ती जारी गर्दै जनप्रतिनिधिलाई गालीगलौज गरी तोडफोड गर्ने व्यक्तिलाई पक्राउ गरी कारबाही नगरेसम्म वडा कार्यालयबाट प्रवाह हुने सबै सेवा बन्द हुने जानकारी गराएका छन् ।

विज्ञप्तीमा उनले वडाका जनप्रतिनिधि र कर्मचारीको सुरक्षाको प्रत्याभुतिको माग समेत गरेका छन् । वडाध्यक्ष बमले जारी गरेको विज्ञप्तिमा उक्त घटनाप्रति खेद प्रकट गर्दै दोषीलाई कारबाहीको दायरामा ल्याएर पीडितलाई न्याय दिन माग पनि गरिएको छ ।

शहीद स्मृति माविको क्वारेन्टिनमा बसेकी ३१ वर्षीया महिलामाथि शनिबार राति तीनजनाको समूहले जबरजस्तीकरणी गरेको आरोप लागेको हो । उनीहरुलाई प्रहरीले आइतबार पक्राउ गरिसकेको छ ।

पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका वडा नम्बर १ का २२ वर्षीय किशोर परियार, २० वर्षीय लक्षण विक र १८ वर्षीय सर्जन विक रहेको प्रहरीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बिहिवार बोलायो राखेपले बोर्ड बैठक, छलफलमा एन्फा निलम्बन पनि
२०८३ श्रावण २४, आइतबार
तेहरानका सबै सर्त नमानेसम्म हर्मुज पुनः नखोल्ने रिभोलुसनरी गार्डस्को चेतावनी
२०८३ श्रावण २४, आइतबार
एमाले पुनर्गठनमा ओली–पोखरेल टकराव, ५६ पृष्ठको प्रतिवेदनमाथि विवाद
२०८३ श्रावण २४, आइतबार
बुबाको निधनपछि मेस्सी अनुपस्थित, इन्टर मियामी मोन्टेरेसँग २–१ ले पराजित
२०८३ श्रावण २४, आइतबार
सुशासनका लागि राजनीतिक नेतृत्वमा जवाफदेहिता आवश्यक : सांसद ढकाल
२०८३ श्रावण २४, आइतबार
ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ
२०८३ श्रावण २४, आइतबार
माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै
२०८३ श्रावण २४, आइतबार