श्रावण ६, २०८२ मंगलबार July 22, 2025

सन् २०२४ पछि युक्रेनले रुससँग ग्यास पारवहन सम्झौता नगर्ने

युक्रेनले आफ्नो ग्यास यातायात प्रणाली प्रयोग गर्न युरोपेली सङ्घका अन्य देशसँग वार्ता गर्न सक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः युक्रेनले सन् २०२४ पछि रूससँग प्राकृतिक ग्यास पारवहन सम्झौता विस्तार गर्ने योजना नबनाएको सरकारी प्रेस सेवालाई उद्धृत गर्दै इन्टरफ्याक्स–युक्रेन समाचार एजेन्सीले बिहीबार जनाएको छ ।

प्रेस सेवाले युक्रेनी पक्षको स्थितिबारे जानकारी गराउँदै यातायात सम्झौता यस वर्षको अन्त्यमा समाप्त हुने तथा रूसीहरूसँग वार्ता र सम्झौता विस्तार गर्ने योजनामा नरहेको जनाएको छ ।

यद्यपि युक्रेनले आफ्नो ग्यास यातायात प्रणाली प्रयोग गर्न युरोपेली सङ्घका अन्य देशसँग वार्ता गर्न सक्ने स्रोतले जनाएको छ ।

यूक्रेनको राज्य सञ्चालित ऊर्जा कम्पनी नाफ्टोगाज र विशाल रूसी ग्यास कम्पनी गाजप्रोमले सन् २०१९ डिसेम्बरमा ग्यास यातायात सम्झौतामा हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार यूक्रेनले सन् २०२१/०२४ को अवधिमा प्रति वर्ष ४० अर्ब क्युबिक मिटर रूसी ग्यास ढुवानी गर्ने योजना थियो ।

गत वर्ष रूसबाट युक्रेन हुँदै जाने ग्यास २८.४ प्रतिशतले घटेर एक करोड ४६ लाख क्युबिक मिटरमा झरेको थियो । रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया