असोज १, २०८३ बिहिबार September 17, 2026

एमसीसी पास भए अमेरिकी सेना नेपाल पस्‍ने हल्ला निराधार: कांग्रेस प्रवक्ता शर्मा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

१ असार, झापा। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एमसीसी पास भए अमेरिकी सेना नेपाल पस्ने हल्ला निराधार भएको बताएका छन्।

कांग्रेस झापाले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले भने, “अमेरिकाले विश्वका कुनै पनि मुलुकमा अनुमति मागेर प्रवेश गरेको छैन, इराकमा पनि अनुमति लिएर प्रवेश गरेको होइन। अमेरिकी सेना पस्ने हल्ला निराधार हो।”

सुनेको भरमा टिप्पणी गर्ने प्रचलनले एमसीसी गलत हो भन्ने आमजनधारणा बनेको उनको भनाइ छ। “अक्षरशः पढ्नुस्, अनि एमसीसी सम्झौता कार्यान्वयनबारे धारणा बनाउनुस्, यो राष्ट्रिय हितमा भए हितमा छ भन्नुस्, नभए छैन भन्नुहोस्”, उनले भने, “सुनेको भरमा धारणा बनाउनु हुँदैन।”

मुलुकको विद्युत् प्रसारण लाइन विस्तार, उत्पादित बिजुली बिक्री(वितरणका लागि एमसीसी परियोजना लाभदायी हुने उनको भनाइ थियो।प्रवक्ता शर्माले सरकारले कोरोना परीक्षणमा प्रभावकारी कार्य गर्न नसकेको आरोप पनि लगाए। यता, कोरोना संक्रमणको जोखिमबाट जनधनको सुरक्षा गर्न माग गर्दै नेपाली कांग्रेस झापाले सरकारलाई ज्ञापनपत्र बुझाउने भएको छ।

केन्द्रीय समितिको निर्देशनबमोजिम कांग्रेस झापाले २ असारमा जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउने निर्णय गरेको पार्टीका झापा सभापति उद्धव थापाले बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानसेनापति सिग्देल र चिनियाँ रक्षामन्त्रीबीच भेटवार्ता
२०८३ असोज १, बिहिबार
कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान सुरु
२०८३ असोज १, बिहिबार
ग्यासको मूल्य घट्यो, प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ
२०८३ असोज १, बिहिबार
डिजिटल नक्साङ्कनमा कामपाको फड्को
२०८३ असोज १, बिहिबार
त्रिविको ५२ औँ दीक्षान्त समारोहका लागि अनलाइन आवेदन खुला
२०८३ असोज १, बिहिबार
चुरे दोहन र बाढी-पहिरोको मारमा सर्लाही-१ : तटबन्ध निर्माण र कूटनीतिक पहल गर्न सरकारसँग माग
२०८३ असोज १, बिहिबार
जग्गा हदबन्दीसम्बन्धी समस्या चाँडो समाधान हुनुपर्छ : सभामुख अर्याल
२०८३ असोज १, बिहिबार