मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

तेल ट्याङ्कर आक्रमण गरेको भोलीपल्ट अमेरिकी सेनाले हुथी एन्टिसिप मिसाइल गरिदियो नष्ट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

न्युयोर्क, १४ माघ । इरान समर्थित हुथी बिद्रोहीले लाल सागरमा प्रहार गर्न खोजेको मिसाइल माथी आक्रमण गरेको छ ।

अमेरिकाको सेनाले यमनमा लाल सागरमा लक्षित तथा अडेनको खाडीमा एक ब्रिटिश तेल ट्याङ्करमा आक्रमण गरेपछि प्रक्षेपण गर्न तयार रहेको यमनको हुथी एन्टिशिप मिसाइललाई नष्ट गरेको हो ।

अमेरिकी नौसेनाका अनुसार जनवरी २७ मा लगभग ३ः४५ बजे अमेरिकी केन्द्रीय कमान्ड फोर्सले लाल सागरमा लक्षित हुथी एन्टी–शिप मिसाइल विरुद्ध आक्रमण गर्यो र जुन प्रक्षेपण गर्न तयारी अवस्था थियो।

‘अमेरिकी सेनाले यमनको हुथी नियन्त्रित क्षेत्रहरूमा मिसाइल पहिचान गर्‍यो, जसले व्यापारिक जहाजहरू र यस क्षेत्रमा अमेरिकी नौसेना जहाजहरूका लागि आसन्न खतरा प्रस्तुत गर्नेवाला थियो तर अमेरिकी सेनाले पछि आत्मरक्षामा मिसाइल प्रहार गरी नष्ट गरेको छ, यो कार्यले नेभिगेसनको स्वतन्त्रताको रक्षा गर्नेछ भने अमेरिकी नौसेनाका जहाजहरू र व्यापारी जहाजहरूका लागि अन्तर्राष्ट्रिय महासागरका यात्रालाई अझ सुरक्षित बनाउने छ,’ अमेरिकी नाैसेनाले जारी गरेकाे बिज्ञप्तिमा भनिएको छ ।

गाजामा इजरायलको सैन्य कारबाहीको जवाफमा हुथी समूहले नोभेम्बर १९ देखि लाल सागर हुदैँ जाने इजरायली, बेलायती र अमेरिकालगायत पश्चिमा देश समर्थित कार्गो जहाजमा ड्रोन र मिसाइलहरू प्रहार गरेर क्षति पुर्‍याउँदै आएको छ ।

हुथी विद्रोहीले गत शुक्रबार साँझ  बेलायती इन्धन ट्याङ्करमा गरेको आक्रमण गरेर क्षति पुर्‍याएका थिए तर जवाफमा अमेरिकी नौसेनाले प्रक्षेपणका लागि तयारी अवस्थामा हुथीको मिसाइल आक्रमण गरी ध्वस्त बनाएको हो ।

सिंगापुरस्थित ट्राफिगुरा व्यापारिक फर्मको स्वामित्वमा रहेको मार्लिन लुआन्डा क्षतिग्रस्त भएको थियो तर ब्यक्तिलाइ भने चालक दलका कुनै पनि सदस्यलाइ चोटपटक नलागेको जनाउँदै अमेरिकी नौसेनाको जहाज यूएसएस कार्नीले सहयोग गरिरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।

साे जहाज अहिले सुरक्षित बन्दरगाहतर्फ जाँदैछ । ‘हामी पुष्टि गर्न पाउँदा खुसी छौं कि मार्लिन लुआन्डा बोर्डमा सबै चालक दल सुरक्षित छन् र कार्गो ट्यांकमा आगो पूर्ण रूपमा निभाइएको छ। जहाज अब सुरक्षित बन्दरगाह तर्फ जाँदैछ,’ ट्राफिगुराले अपडेट गर्दै भनेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी
२०८३ मंग्सिर ३, बिहिबार
एनसेलको थ्रीजी युग अन्त्य हुँदै, पुस २ देखि फोरजीमा केन्द्रित सेवा
२०८३ मंग्सिर ३, बिहिबार
परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूत चाङको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ३, बिहिबार
निर्वाचनको हारबाट पाठ सिकेर अघि बढ्नुपर्छ: वरिष्ठ नेता भण्डारी
२०८३ मंग्सिर ३, बिहिबार
New generation diplomacy should be based on national interest, strategic capability: Foreign Minister Khanal
२०८३ मंग्सिर ३, बिहिबार
राअविका प्रमुख अनुसन्धान अधिकृत चौधरीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
२०८३ मंग्सिर ३, बिहिबार
एमाले राष्ट्रिय भेलाबाट २१ बुँदे विशेष प्रस्ताव र संकल्प पारित
२०८३ मंग्सिर ३, बिहिबार