असार २३, २०८२ सोमबार July 7, 2025

माल्दिभ्सको संसदमा भिडन्त, एकजना सांसद घाइते

राष्ट्रपति मुइज्जुको मन्त्रिपरिषद्को लागि मतदान हुनु अघि सो झडप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

माले, १५ माघ । माल्दिभ्सको संसदमा भिडन्त भएको छ । राष्ट्रपति मोहम्मद मुइज्जुले बोलाएको विशेष अधिवेशनको कार्यवाही अवरुद्ध पार्ने क्रममा माल्दिभ्सको संसदमा झडप भएको हो ।

माल्दिभ्सको संसदमा सत्तारुढ गठबन्धन र विपक्षी सांसदहरूबीच झडप भएको माल्दिभ्सका समाचार संस्थाहरूले जनाएका छन् ।

सन अनलाइनका अनुसार  राष्ट्रपति मुइज्जुको मन्त्रिपरिषद्को लागि मतदान हुनु अघि सो झडप भएको हो । समाचार अनुसार संसदमा मतदान हुनु अघि पूर्व राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहको नेतृत्वमा रहेको माल्दिभियन डेमोक्रेटिक पार्टी  (एमडीपी) को विरोधमा पीपुल्स नेसनल कांग्रेस (पीएनसी) र प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स (पीपीएम) का सरकार समर्थक सांसदहरू बाहिर आएका थिए ।

समाचार च्यानल अधाधुले घटनाको भिडियो जारी गरेको छ, जसमा एमडीपी सांसद इसा र पीएनसी सांसद अब्दुल्ला शाहीम अब्दुल हकीम झगडा गरिरहेको देख्न सकिन्छ। भिडियो फुटेजमा शहीमले इसाको खुट्टा समातेर भुइँमा खसाएको र त्यसपछि ईसाले शहीमको घाँटीमा लात हाने र कपाल तानेको देखिन्छ । घटनामा घाइते भएका सांसद शाहीमलाई उपचारका लागि एम्बुलेन्समा अस्पताल लगिएको छ ।

सत्तारुढ प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स (पीपीएम) र पिपुल्स नेसनल कांग्रेस (पीएनसी) गठबन्धनले विपक्षीको यस्तो रवैयाप्रति चिन्ता व्यक्त गरेका छन् । यसबारे उनले स्वीकृति नदिनु भनेको सरकारको काममा बाधा पु¥याउने प्रयास भएको बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार