असार २०, २०८२ शुक्रबार July 4, 2025

उत्तर कोरियाद्दारा पूर्वी सैन्य बन्दरगाहबाट धेरै क्रुज मिसाइल प्रहार

नयाँ क्रुज मिसाइल पुलहवासल–३–३१ को पहिलो परीक्षण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सियोल, १५ माघ । उत्तर कोरियाले पूर्वी सैन्य बन्दरगाहबाट धेरै क्रुज मिसाइल प्रहार गरेको जनाएको छ।

दक्षिण कोरियाको सेनाका अनुसार उत्तर कोरियाले आइतवार धेरै क्रुज मिसाइलहरू प्रहार गरेको छ। उसका अनुसार उत्तर कोरियाबाट तनाव बढाउनको लागि पछिल्लो कदम हो।

एक आधिकारिक विज्ञप्तिमामार्फत दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफले भने, ‘हाम्रो सेनाले आज बिहान ९ बजे उत्तर कोरियाको सिन्पानो क्षेत्र वरपर प्रहार गरिएका धेरै अज्ञात क्रुज मिसाइलहरू पत्ता लगाएका छन ।’  यद्यपी उनले कति क्षेप्यास्त्र प्रक्षेपण गरे भन्ने कुरा भने खुलाएनन् ।

संयुक्त राष्ट्र संघका प्रतिबन्ध अन्तर्गत प्योङयाङमा क्रूज मिसाइल परीक्षण गर्न कुनै प्रतिबन्ध छैन। क्रूज मिसाइलहरू जेट–प्रोपेल्ड हुन्छन् र कम उचाइमा उड्छन्, तिनीहरूलाई पत्ता लगाउन र अवरोध गर्न गाह्रो बनाउँछ।

यसअघि बिहीबार उत्तर कोरियाले एक दिनअघि नै विकसित भइरहेको नयाँ क्रुज मिसाइल पुलहवासल–३–३१ को पहिलो परीक्षण गरेको बताएको थियो ।

उल्लेखनीय यो छ कि परीक्षण यस्तो समयमा भएको हो, जब उत्तर कोरियाको अमेरिका र उसका सहयोगीहरुसँगको द्वन्द्व बढ्दै गएको छ ।

उत्तर कोरियाली नेता किम जोङ उनले आफ्ना हतियारको विकासलाई तीव्रता दिन जोड दिएका कारण हालैका महिनाहरूमा कोरियाली प्रायद्वीपमा तनाव बढेको छ। यसबाहेक उनले अमेरिका र उसका एशियाली सहयोगीहरूलाई परमाणु द्वन्द्वको धम्की पनि दिएका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार
पहिलोपल्ट राष्ट्रिय महिला फाइभ ‘ए’ साइड हकी प्रतियोगिता हुने
२०८२ असार २०, शुक्रबार
विपत् व्यवस्थापन कार्यमा जुट्न माओवादी केन्द्रको निर्देशन
२०८२ असार २०, शुक्रबार
भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद
२०८२ असार २०, शुक्रबार