मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

माल्दिभ्सका राष्ट्रपति मुइज्जुविरुद्ध महाभियोग प्रस्ताव ल्याउने तयारी

महाभियोग प्रस्तावमा एमडीपीलाई पर्याप्त संख्यामा सांसदको समर्थन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः माल्दिभ्सको प्रमुख विपक्षी दल एमडीपीले राष्ट्रपति मोहम्मद मुइज्जुविरुद्ध महाभियोग प्रस्ताव ल्याउने तयारी गरेको छ ।

स्थानीय मिडिया आउटलेट सन इन्टरनेशनलको समाचार अनुसार महाभियोग प्रस्तावमा एमडीपीलाई पर्याप्त संख्यामा सांसदको समर्थन प्राप्त भएको छ । यसमा एमडीपीसँगै डेमोक्र्याट पनि छन् ।

एक एमडीपी सांसदले सन इन्टरनेशनललाई यो जानकारी दिए। तर, यो प्रस्ताव अहिलेसम्म आएको छैन । हालै माल्दिभ्सको संसदमा महाभियोग प्रस्ताव पेश गर्ने नियमलाई सरल बनाइएको छ ।

एमडीपी र डेमोक्र्याटका कुल ५६ सांसद छन् । जसमध्ये ४३ एमडीपी र १३ जना डेमोक्र्याटका छन् । संविधानअनुसार राष्ट्रपतिमाथि महाभियोग प्रस्ताव पारित गर्न जम्मा ५६ मत आवश्यक हुन्छ ।

संसदमा सभामुख र उपसभामुखविरुद्ध अविश्वासको प्रस्ताव आएको भोलिपल्टै राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने प्रस्तावको समर्थन जुटिरहेको छ । माल्दिभ्सको संसदमा सभामुख र उपसभामुख एमडीपीका हुन्।

एमडीपीले मुइज्जुको मन्त्रिपरिषद्मा चार सदस्यलाई समावेश गर्न रोकेपछि पछिल्लो विवाद सुरु भएको हो।

आइतबार संसदमा मतदानका क्रममा यो विषयलाई लिएर झडप समेत भएको थियो । यसका धेरै भिजुअलहरु सामाजिक सञ्जालमा पनि देखा परेका छन् । कतिपय सांसदले सभामुखको कुर्सीमा हर्न फुकेर विरोध गरेको पनि देखियो । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी
२०८३ मंग्सिर ३, बिहिबार
एनसेलको थ्रीजी युग अन्त्य हुँदै, पुस २ देखि फोरजीमा केन्द्रित सेवा
२०८३ मंग्सिर ३, बिहिबार
परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूत चाङको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ३, बिहिबार
निर्वाचनको हारबाट पाठ सिकेर अघि बढ्नुपर्छ: वरिष्ठ नेता भण्डारी
२०८३ मंग्सिर ३, बिहिबार
New generation diplomacy should be based on national interest, strategic capability: Foreign Minister Khanal
२०८३ मंग्सिर ३, बिहिबार
राअविका प्रमुख अनुसन्धान अधिकृत चौधरीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
२०८३ मंग्सिर ३, बिहिबार
एमाले राष्ट्रिय भेलाबाट २१ बुँदे विशेष प्रस्ताव र संकल्प पारित
२०८३ मंग्सिर ३, बिहिबार