मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

फ्रान्सेली किसान आन्दोलनका कारण पेरिसका मुख्य राजमार्ग अबरुद्ध

असन्तुष्ट किसानहरुले मुख्य राजमार्गमा ट्र्याक्टर राखेर अबरुद्ध गरे पछि दैनिक जनजीवन कष्टकर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

पेरिस, १६ माघ । फ्रान्सेली किसानहरूले मुख्य शहरका राजमार्गहरु अबरुद्ध गरेका छन् ।

मुद्रास्फीति र सस्तो आयातबाट प्रतिस्पर्धाको चिन्तालाई लिएर सरकारसँग असन्तुष्ट किसानहरुले मुख्य राजमार्गमा ट्र्याक्टर राखेर अबरुद्ध गरे पछि दैनिक जनजीवन कष्टकर बनेको छ । जुन आन्दोलनका कारण फ्रान्सको राजधानी पेरिस वरपरका प्रमुख राजमार्गहरू अवरुद्ध भइरहेको छन ।

केही दिन देखी  फ्रान्सेली किसान प्रदर्शनकारीहरूले राम्रो पारिश्रमिक र थोरै वातावरणीय नियमहरूको माग गरिरहेका छन्, जाे नहुदाँ तिनीहरूको जीविकोपार्जनलाई नै असर गरिरहेको उनीहरुले जनाउँदै अाएका छन् ।

सोमबार आन्दोलनरत किसानहरूले पेरिसको महत्त्वपूर्ण सडकका आठ चोक पोइन्टमा अबरुद्ध गरेका थिए । ‘हामीलाई जवाफ चाहिन्छ,’ दक्षिणपश्चिमी लोट एट गारोनकी किसान करिन डकले भनिन् । उनी पेरिसतर्फ जाने ट्र्याक्टरहरूको जुलुसमाा सहभागी भएकी थिइन । र, स्थानिय मिडियाबाट सरकारका बिरुद्ध खुलेर असन्तुष्टी जाहेर गरेरहेकी थिइन ।

‘यो खेतीका लागि किसानहरुको अन्तिम लडाइ हो। यो बाँच्नका लागि पनि प्रश्न हो,’ उनले भनिन ।

यसैबिच, मुल्य वृद्धिबाट बच्न सावधानी अपनाएको सरकारले कृषि डिजेलमा दिइने अनुदान घटाउने योजना बिस्तारै खारेज गर्दै वातावरणीय नियमलाई सहज बनाउने वाचा गरेको छ । सरकारले यो पनि भनेको छ कि यसले आफ्नो युरोपेली संघका साथीहरूलाई बाँझो खेती जग्गामा नियमहरू सहज बनाउन सहमत हुन दबाब दिनेछ।

युरोपियन युनियका अनुदानहरू प्राप्त गर्नका लागि कृषकहरूले निश्चित सर्तहरू पूरा गर्नुपर्नेछ, जस्तो कि प्रकृति पुनः प्राप्ति गर्न सक्ने गैर उत्पादक क्षेत्रहरूमा ४ प्रतिशत खेतीयोग्य जमिन छुट्याउनु पर्ने आवश्यकता समेत समावेश गरिएको छ।

तर कृषक संगठनहरूले योजनालाई अझ अगाडि बढाउनु पर्ने बताएका छन्। ‘यस चरणमा, हामी के चाहन्छौं भने सरकार माथी अझ दबाब बढाउनु हो,’ प्रभावशाली किसान युनियनका प्रमुख अर्नाउड रुसोले स्थानिय मिडियासँग भनेका छन ।

‘त्यसैले हामी पेरिसबाट ३० किलोमिटर सम्म पेरिस छिर्ने सबै मुख्य राजमार्गहरू अवरुद्ध गर्नेर्छौ,   हाम्रो उद्देश्य सरकारलाई दबाब दिनु हो ताकि हामी चाँडै संकटबाट बाहिर निस्कने उपाय खोज्न सकौं,’ उनले भने । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी
२०८३ मंग्सिर ३, बिहिबार
एनसेलको थ्रीजी युग अन्त्य हुँदै, पुस २ देखि फोरजीमा केन्द्रित सेवा
२०८३ मंग्सिर ३, बिहिबार
परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूत चाङको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ३, बिहिबार
निर्वाचनको हारबाट पाठ सिकेर अघि बढ्नुपर्छ: वरिष्ठ नेता भण्डारी
२०८३ मंग्सिर ३, बिहिबार
New generation diplomacy should be based on national interest, strategic capability: Foreign Minister Khanal
२०८३ मंग्सिर ३, बिहिबार
राअविका प्रमुख अनुसन्धान अधिकृत चौधरीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
२०८३ मंग्सिर ३, बिहिबार
एमाले राष्ट्रिय भेलाबाट २१ बुँदे विशेष प्रस्ताव र संकल्प पारित
२०८३ मंग्सिर ३, बिहिबार