मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

इजरायल र हमासबीच अस्थायी युद्धविरामको तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः हमासका राजनीतिक नेताले गाजा पट्टीमा लडाई रोक्नका लागि नयाँ प्रस्तावको अध्ययन गरिरहेको पुष्टि गरेका छन् । हमास नेता इस्मेइल हानियाले इजरायल, अमेरिका, कतार र इजिप्टले तय गरेको युद्धविरामको ढाँचामा छलफल गर्न आफ्नो समूहलाई आमन्त्रित गरिएको बताएका छन् ।

छ हप्ताको युद्धविरामको प्रस्ताव गरिएको बताइएको छ । जसमा पहिलेजस्तै इजरायली बन्धकसँग प्यालेस्टाइनी कैदीहरु साटफेर गरिनेछ । हमास स्थायी युद्धविराम र सबै इजरायली बन्दक फिर्तीका पक्षमा रहेको भए पनि इजरायली प्रधानमन्त्रीले त्यसलाई अस्वीकार गरेको हमास नेता हानियाको भनाइ छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पूर्ण विजय प्राप्त नगरेसम्म युद्ध अन्त्य नहुने कुरामा जोड दिनुभएको छ । अक्टोबर ७ मा दक्षिण इजरायलमा हमास बन्दुकधारीले अचानक आक्रमण गरी १३ सय जनाको हत्या गर्नुका साथै २ सय ४० जनालाई बन्धक बनाएका थिए ।

यसअघि भएको एक साता लामो अस्थायी युद्धविराममा एक सय इजरायल बन्धक मुक्त हुनुका साथै २ सय ४० प्यालेस्टायनी कैदी रिहा भएका थिए । अझै पनि एक सय ३६ इजरायली बन्धक हमासको कब्जामा रहेका छन् ।

इजरायलले गाजा पट्टीमा शुरु गरेको जवाफी कारवाही अझै जारी छ । हालसम्ममा गाजा २६ हजार ७ सयभन्दा बढी प्यालेस्टायनीको युद्धमा परी मृत्यु भइसकेको छ । युद्धकै कारण गाजाका आधाभन्दा बढी घरहरु क्षतिग्रस्त भएका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी
२०८३ मंग्सिर ३, बिहिबार
एनसेलको थ्रीजी युग अन्त्य हुँदै, पुस २ देखि फोरजीमा केन्द्रित सेवा
२०८३ मंग्सिर ३, बिहिबार
परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूत चाङको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ३, बिहिबार
निर्वाचनको हारबाट पाठ सिकेर अघि बढ्नुपर्छ: वरिष्ठ नेता भण्डारी
२०८३ मंग्सिर ३, बिहिबार
New generation diplomacy should be based on national interest, strategic capability: Foreign Minister Khanal
२०८३ मंग्सिर ३, बिहिबार
राअविका प्रमुख अनुसन्धान अधिकृत चौधरीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
२०८३ मंग्सिर ३, बिहिबार
एमाले राष्ट्रिय भेलाबाट २१ बुँदे विशेष प्रस्ताव र संकल्प पारित
२०८३ मंग्सिर ३, बिहिबार