श्रावण ५, २०८२ सोमबार July 21, 2025

पाकिस्तानमा र्‍यालीका क्रममा विस्फोट हुँदा पाँच जनाको मृत्यु

पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) को र्‍यालीलाई लक्षित गरी हमला गरिएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः दक्षिण पश्चिम पाकिस्तानमा राजनीतिक र्‍यालीका क्रममा विस्फोट हुँदा पाँच जनाको मृत्यु भएको छ । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा मङ्गलवार एउटा राजनीतिक र्‍यालीका क्रममा विस्फोट हुँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै अन्य पाँच जना घाइते भएका छन् ।

घटना बेलुका पौने ६ बजे भएको थियो प्रान्तको सिबी जिल्लामा मोटरसाइकलमा राखिएको विस्फोटक पदार्थ विस्फोट भएको स्रोतले बताएको छ । पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) को र्‍यालीलाई लक्षित गरी हमला गरिएको स्रोतले बताएको छ ।

घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको छ । तीन जनाको अवस्था गम्भीर छ । आक्रमणको जिम्मा अहिलेसम्म कुनै समूहले लिएको छैन । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया