असार २०, २०८२ शुक्रबार July 4, 2025

दशैभर नारायणघाटबाट ठुला ट्रक काठमाडौं आउन नपाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपालीहरुको महत्वपुर्ण पर्वहरु नजिकिएसँगै त्यसको व्यवस्थापनका लागि सरकार सक्रिय भएको छ ।

दशैंमा घर जाने यात्रुहरुका लागि मध्यनजर राख्दै सरकारले नारायणघाटबाट काठमाडौँ आउने सवारी साधनलाई रोक लगाएको छ । ठूला सवारी साधनबाटोमा गुड्दा अरु सवारी साधनलाई आवागमनमा समस्या हुने भएकाले असोज २४ देखि ३१

सम्म रोक लगाइएको यातायात व्यवस्था विभागले जनाएको छ । यस्तै विभागले असोज २४ गतेदेखि सार्वजनिक सवारी साधनलाई इजाजतपत्र (रुट परमिट) खुला गरेको छ ।
विभागले नेपालीको महान् पर्व दशैँ, तिहार र छठ नजिकिएसँगै काठमाडौँ बाहिर जाने रआउने यात्रुलाई सहज र आरामदायी बनाउन असोज २४ देखि ३१ गतेसम्म इजाजतपत्र खुलागरेको हो ।

विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले इजाजतपत्र खुला गरिएकोजानकारी दिँदै यसबाट यात्रुलाई सहजरुपले गन्तव्यमा पु¥याउन र ल्याउनका लागि पालोपर्खनु नपर्ने जानकारी दिनुभयो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिवसरोज सिटौलाले इजाजतपत्र खुला भएसँगै चाडबाडको समयमा यात्रुलाई सुरक्षित गन्तव्यमाल्याउन तथा लैजानका लागि सहज हुने बताउनुभयो ।

यसअघि सरकराले यात्रुहरुकोसुविधाका लागि भन्दै यात्रु सहायता कक्ष समेत स्थापना गरिसकेको छ । सातै प्रदेशमासहायता कक्ष स्थापना गर्ने तयारी गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार
पहिलोपल्ट राष्ट्रिय महिला फाइभ ‘ए’ साइड हकी प्रतियोगिता हुने
२०८२ असार २०, शुक्रबार
विपत् व्यवस्थापन कार्यमा जुट्न माओवादी केन्द्रको निर्देशन
२०८२ असार २०, शुक्रबार
भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद
२०८२ असार २०, शुक्रबार