श्रावण ५, २०८२ सोमबार July 21, 2025

पूर्वी बगदादमा हिजबुल्लाहका एक वरिष्ठ सैन्य कमाण्डर मारिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बग्दादा, २५ माघ ।  पूर्वी बगदादमा हिजबुल्लाहका एक वरिष्ठ सैन्य कमाण्डर मारिएका छन् । उनी चढेको एउटा गाडीमा ड्रोन हमला भए पछि उनी मारिएका हुन ।

तीन अमेरिकी सेनालाई मार्ने आक्रमणमा संलग्न रहेको भनिएका इराकमा रहेको इरान समर्थित सशस्त्र समूहका उनी सदस्य थिए । बुधबार राती लक्षित गरिएको गाडी इराकको लोकप्रिय मोबिलाइजेसन फोर्सेस दर्जनौं सशस्त्र समूह माथी अमेरिकाले हमला गरेको हो ।

इराकमा इरान समर्थित सशस्त्र समूहका दुई अधिकारीहरूले मारिनेहरूमा वरिष्ठ कमाण्डर अबु बाकिर अल–सादी रहेको स्थानीय आउटलेट सबरीन न्यूजले पुष्टी गरेको छ । उसका अनुसार उक्त विस्फोटमा अल–सादी मारिएको जानकारी दिइएको छ।

इराकी राजधानीमा धेरै विस्फोट सुनिएको थियो र सुरक्षा स्रोतहरूले तीन व्यक्तिको मृत्यु भएको जानकारी दिएको छ । बग्दादको पूर्वमा आक्रमण भएको क्षेत्र सशस्त्र गुटहरूको गढको रूपमा परिचित रहेको छ ।

कताइब हिजबुल्लाह लडाकुहरू र कमाण्डरहरू का हिस्सा हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया