असार ३०, २०८२ सोमबार July 14, 2025

फेसबुकले आफ्नो मेसेन्जर एपका लागि बायोमेट्रिक फिचर ल्याउँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सोसल नेटवर्किङ साइट फेसबुकले आफ्नो मेसेन्जर एपका लागि नयाँ फिचरको परीक्षण गरिरहेको छ । उक्त फिचरका कारण मेसेन्जर एप थप सुरक्षित बन्नेछ ।

Engadget को रिपोर्ट अनुसार उक्त नयाँ फिचर अन्तरगत मेसेन्जरमा एपमा बायोमेट्रिक अथेन्टिकेसन टूल प्राप्त हुनेछ । प्रयोगकर्ताले फेस आईडी तथा फिंगरप्रिन्टका माध्यमबाट त्यसको प्रयोग गर्न सक्नेछन् । स्मरणरहोस्, यो फिचर पहिलेदेखि नै ह्वाट्सएपमा उपलब्ध रहेको छ ।

यो फिचरका सहायताले प्रयोगकर्ताले एपमा ‘लक’को समयतालिका समेत तय गर्न सक्दछन् । जसका लागि ४ वटा अप्सन हुनेछन् । पहिलो विकल्पका रुपमा After I leave messenger रहेको छ । अर्थात् जब प्रयोगकर्ता मेसेन्जर एपबाट बाहिरिन्छन् तब एप आफै लक हुनेछ । यसका अलावा प्रयोगकर्ताका लागि १ मिनेट, १५ मिनेट तथा १ घण्टामा एप लक हुने विकल्प पनि उपलब्ध हुनेछ ।

फेसबुकका एकजना प्रवक्ताका अनुसार मेसेन्जरको उक्त नयाँ फिचर अहिले परीक्षणको चरण्मा रहेको छ र कतिपय आइओएस प्रयोगकर्ताका लागि उपलब्ध गराइएको छ । छिटै नै केही एन्ड्रोइड प्रयोगकर्ताले पनि यो फिचर प्रयोग गर्न पाउनेछन् ।

फेसबुकले पछिल्लो समय आफ्ना प्लाटर्फमहरुमा नयाँ नयाँ फिचर थप गरिरहेको छ । हालैमात्र उसले प्रयोगकर्तालाई साइबर ठगीबाट बचाउनका लागि सेफ्टी नोटिस फिचर ल्याएको थियो । यो फिचरको मद्दतले प्रयोगकर्ताले कुनै पनि शंकास्पद गतिविधिको चेतावनीमूलक सूचना प्राप्त गर्दछन् । साथै यो फिचरले प्रायेगकर्तालाई स्क्याम पहिचान गर्ने सम्बन्धमा समेत जानकारी उपलब्ध गराउँदछ। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘चिकित्सा क्षेत्रमा उत्पादित जनशक्ति स्वदेशभित्रै खपत हुने वातावरण बनाउनुपर्छ’ : शिक्षामन्त्री
२०८२ असार ३०, सोमबार
पशुमा लाग्ने लम्पीस्किनबाट एक सातामै १३९ वटा पशु मरे
२०८२ असार ३०, सोमबार
‘विकास भएको छैन भन्नु भ्रम हो’ : महामन्त्री शर्मा
२०८२ असार ३०, सोमबार
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताविच बालुवाटारमा छलफल
२०८२ असार ३०, सोमबार
बिमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन, सरकारद्वारा न्यायिक समिति गठन
२०८२ असार ३०, सोमबार
‘भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार लागिरहेको छ’ – मन्त्री अधिकारी
२०८२ असार ३०, सोमबार
सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई तत्काल बर्खास्त गर्न गगन थापाको माग
२०८२ असार ३०, सोमबार