श्रावण ५, २०८२ सोमबार July 21, 2025

इयुका विदेश नीति प्रमुख जोसेप बोरेलले भने, ‘इजरायललाइ हतियार दिन बन्द गर्नु पर्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ब्रसेल्स, १ फागुन । युरोपियन युनियन विदेश नीति प्रमुख जोसेप बोरेलले  इजरायलका सहयोगीहरू मुख्यतया संयुक्त राज्य अमेरिकालाइ गाजामा धेरै मानिस मारिएकाले हतियार पठाउन बन्द गर्न आग्रह गरेका छन् ।

इजरायलको सैन्य कारबाही उच्च स्तरमा भएको अमेरिकी राष्ट्रपति जो बाइडेनको गत हप्ताको टिप्पणीलाई औंल्याउँदै बोरेलले भने, ‘ठीक छ, यदि तपाईंलाई धेरै मानिसहरू मारिने विश्वास छ भने धेरै मानिसहरू मारिनेबाट  रोक्नको लागि तपाईंले कम हतियार उपलब्ध गराउनु पर्छ।’

‘के यो तार्किक छैन ? इजरायलले राजिनामा दिन दबाब दिइरहेको प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्र संघको एजेन्सी युएनआरडब्लुएका प्रमुख फिलिप लाजारिनीसँगै ब्रसेल्सको पत्रकार सम्मेलनमा उनले उल्टै सोधेका छन् ।

‘तपाईंले संसारभरका प्रमुख नेताहरू र विदेश मन्त्रीहरूले धेरै मानिसहरू मारिएका छन् भनेर कति पटक सुन्नुभएको छ ?’ बोरेलले प्रतिप्रश्न गरेका छन् ।

प्रमुख ईयू कूटनीतिज्ञले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजा सहर रफाहमा आश्रय लिइरहेका १० लाख प्यालेस्टाइनीहरूलाई त्यहाँ योजनाबद्ध इजरायली सैन्य कारबाही अघि निकाल्नु आवश्यक रहेको आदेशको पनि आलोचना गरेका छन् ।

‘उनीहरू खाली गर्न जाँदैछन्, कहाँ चन्द्रमामा ? तिनीहरूले यी मानिसहरूलाई कहाँ हटाउन जाँदैछन् ?’ आक्रोशित बोरेलले सोधेका छन् ।

गाजा युद्ध प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलमा अक्टोबर ७ मा गरेको आक्रमणबाट सुरु भएको थियो, जसको परिणामस्वरूप करिब १,१६० इजरायलीको मृत्यु भएको थियो भने  झन्डै २९ हजार प्यालेस्टाइनीले सो युद्दमा ज्यान गुमाइसकेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया