मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

फिलिपिन्समा पहिरोमा परी मृत्यु हुनेको संख्या ६८ पुग्यो, ५१ अझै बेपत्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

जाकार्ता, १ फागुन । दक्षिणी फिलिपिन्समा पहिरोमा परी मृत्यु हुनेको संख्या ६८ पुगेको छ । फिलिपिनी उद्दार अधिकारीहरूले पहिरोमा परेर पनि थप बाँचेको हुन सक्ने भन्दै खोजी कार्य जारी राखेको छ ।

मिन्डानाओ टापुको पहाडी मसारा गाउँमा मंगलबारको पहिरोले पुरिएर दबिएकाहरूको खोजीमा सयौं उद्धारकर्ताहरूले खाली हातहरू, बेलचा र  एक्साभेटरलगायत उपकरण प्रयोग गरी खोजिरहेका छन ।

गत सोमबार मात्रै एक दर्जनभन्दा बढी शव निकालिएको थियो भने खानी मजदुर र गाउँलेसहित ५१ जना अझै बेपत्ता रहेको नगरपालिका सरकारले सार्वजनिक गरेको आधिकारिक तथ्यांकले देखाएको छ ।

‘घटना भएको करिब एक हप्ता बितिसकेको छ, र हामी त्यहाँ कोही पनि जीवित छैन भनेर अनुमान गरिरहेका छौं,’ डाभाओ डे ओरो प्रान्तीय प्रकोप कार्यालयका प्रवक्ता एडवर्ड म्याकापिलीले भने, ‘यद्दपी सो क्षेत्रमा पहिला नै दुर्गन्ध छ, त्यसैले त्यहाँ पुनः प्राप्तिलाई छिटो ट्र्याक गर्न आवश्यक छ।’

उनका अनुसार ५० मिटर गहिरो क्षेत्रमा खोजी हुन बाँकी रहेको म्याकापिलीले बताए ।

शुक्रबार एक तीन वर्षीया बालिकालाई भग्नावशेषबाट जिउँदै निकालिएको थियो, जसलाई उद्धारकर्ताहरूले ‘चमत्कार’ भनेका थिए ।

हिरोले ३२ जना घाइते भएका छन् भने ५५ घर, तीनवटा बस र एउटा जीप, एउटा सुन खानी फर्मका कर्मचारीलाई पर्खिरहेको मिनीबस पुरिएको छ ।

विपद् अधिकारीहरूले आफ्नो ध्यान खोज र उद्धारबाट मङ्गलबारदेखि खोज र पुनःप्राप्तिमा सार्ने योजना बनाएका छन्, माको सहरका प्रकोप अधिकारी एरियल क्यापोयले भने।

पहाडी भूभाग, भारी वर्षा र खानीबाट व्यापक वन विनाश, स्ल्याश एन्ड बर्न खेती र गैरकानूनी वृक्षारोपणका कारण भूस्खलनहरू प्रायः द्वीपसमूह राष्ट्रहरूमा बारम्बार खतराको रूपमा देखा परेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी
२०८३ मंग्सिर ३, बिहिबार
एनसेलको थ्रीजी युग अन्त्य हुँदै, पुस २ देखि फोरजीमा केन्द्रित सेवा
२०८३ मंग्सिर ३, बिहिबार
परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूत चाङको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ३, बिहिबार
निर्वाचनको हारबाट पाठ सिकेर अघि बढ्नुपर्छ: वरिष्ठ नेता भण्डारी
२०८३ मंग्सिर ३, बिहिबार
New generation diplomacy should be based on national interest, strategic capability: Foreign Minister Khanal
२०८३ मंग्सिर ३, बिहिबार
राअविका प्रमुख अनुसन्धान अधिकृत चौधरीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
२०८३ मंग्सिर ३, बिहिबार
एमाले राष्ट्रिय भेलाबाट २१ बुँदे विशेष प्रस्ताव र संकल्प पारित
२०८३ मंग्सिर ३, बिहिबार