काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले तनहुँ जलविद्युत कम्पनीको काउन्टर ग्यारेन्टी बसेबापतको रकम फिर्ता पाउन थालेको छ ।
गत मंगलबार इटालीको उच्च अदालतमा क्षतिपूर्ति पाउनेगरी बैंकले मुद्दा जितेको थियो । इटालीको इन्सेटा सानपाउलो बैंकले मंगलबार बैंकलाई एक दशमलब ७ मिलियन यूरो (करिब एक अर्ब २० करोड) रुपैयाँ पठाएको बैंक स्रोतले जनाएको छ ।
अब बैंकले पाउनुपर्ने बाँकी ८५ करोड हाराहारी रकम साँझसम्म आइपुग्ने बताइएको छ । ‘काउन्टर ग्योन्टी रकम नेपालीमा पठाउनुपर्ने भएपनि एक अर्ब २० करोड बराबरको यूरो रकम बैंकलाई इन्सेटा सानपाउलो बैंकबाट प्राप्त भएको हो,’ स्रोतले भन्यो ।
अदालतले गरेको २० देखि ३० हजार यूरो क्षतिपूर्तिको रकम भने सीएमसी रेभिनासँग बैंकले छुट्टै दाबी गर्ने बैंकको तयारी छ । तनहुँ जलविद्युत आयोजनाको ठेक्का सम्झौतामा सीएमसी रेभिनाका लागि इटालीको इन्सेटा सानपाउलो बैंकका तर्फबाट काउन्टर ग्यारेन्टी जारी गर्दा नेपाल इन्भेष्टमेन्ट बैंकको एक वर्ष ९७ करोड रुपैयाँ १६ महिनादेखि फसेको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया