मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

इजिप्ट र ब्राजिलद्वारा गाजामा युद्धविरामका लागि आह्वान

ब्राजिल र इजिप्टको कूटनीतिक सम्बन्धको सय वर्ष पूरा भएको भन्दै अबको बाटो झनै राम्रो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसीले बिहीबार कायरोमा भ्रमणमा रहेका ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भासँग वार्ता गर्नुभएको छ ।

उनीहरुले द्विपक्षीय सम्बन्धलाई स्तरोन्नति गर्ने र गाजापट्टीमा जारी इजरायली युद्धबारे छलफल गरेका थिए । ब्राजिल र इजिप्टको कूटनीतिक सम्बन्धको सय वर्ष पूरा भएको भन्दै अबको बाटो झनै राम्रो हुने बताए ।

उनीहरुले गाजामा तत्काल युद्धविराम हुनुपर्नेमा जोड दिएका छन् । इजिप्ट र गाजाबिचको रफाह सीमा नाका गतवर्ष अक्टोबरमा इजरायलले गाजामा ठुलो सैन्य आक्रमण सुरु गरेदेखि नै राहत सामग्री प्रदान गर्नका लागि प्रमुख लाइफलाइन भएको छ ।

राष्ट्रपति लुलाले राफा क्रसिङ हुँदै घेरामा परेका गाजाबाट करिब दुई हजार ब्राजिलियन नागरिकलाई सुरक्षित निकासी र प्रस्थान गर्नमा इजिप्टको भूमिकाको प्रशंसा गर्नुभयो । दुई नेताले दशकौं लामो इजरायल–प्यालेस्टाइन द्वन्द्वको अन्त्य गर्न स्वतन्त्र प्यालेस्टाइन राज्यको स्थापनाका लागि आफ्नो समर्थन पनि व्यक्त गर्नुभयो ।

लुलाले आफ्ना इजिप्टका समकक्षीसँगको वार्तामा दुई देशबिचको सम्बन्धलाई रणनीतिक साझेदारीको स्तरमा स्तरोन्नति गर्ने र हाल वार्षिक करिब दुई अर्ब अमेरिकी डलर बराबरको व्यापार आदानप्रदान बढाउने विषयमा छलफल भएको बताउनुभयो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी
२०८३ मंग्सिर ३, बिहिबार
एनसेलको थ्रीजी युग अन्त्य हुँदै, पुस २ देखि फोरजीमा केन्द्रित सेवा
२०८३ मंग्सिर ३, बिहिबार
परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूत चाङको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ३, बिहिबार
निर्वाचनको हारबाट पाठ सिकेर अघि बढ्नुपर्छ: वरिष्ठ नेता भण्डारी
२०८३ मंग्सिर ३, बिहिबार
New generation diplomacy should be based on national interest, strategic capability: Foreign Minister Khanal
२०८३ मंग्सिर ३, बिहिबार
राअविका प्रमुख अनुसन्धान अधिकृत चौधरीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
२०८३ मंग्सिर ३, बिहिबार
एमाले राष्ट्रिय भेलाबाट २१ बुँदे विशेष प्रस्ताव र संकल्प पारित
२०८३ मंग्सिर ३, बिहिबार