श्रावण ५, २०८२ सोमबार July 21, 2025

टर्की सुनखानी पहिरो प्रकरणः आठ जना पक्राउ

कोप्लर सुनखानी क्षेत्रमा भूमिगत फसेका मजदुरहरुको खोजी तथा उद्धार कार्य जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पूर्वी टर्कीको सुनखानीमा पहिरो जानमा जिम्मेवार भएको आशङ्का आठ जनालाई पक्राउ गरिएको छ । एर्जिन्कान प्रान्तको इलिक जिल्लाको सुनखानीको डम्प–लिचिङ क्षेत्रमा मङ्गलबार पहिरो गएको थियो । सो पहिरोमा नौ जना कामदार बेपत्ता भएका छन् ।

सो आरोपमा बुधबार सात र बिहीबार एक गरी आठ जनालाई पक्राउ गरिएको हो । पक्राउ परेका सन्दिग्धहरूमा कम्पनीका व्यवस्थापकीय र प्रशासनिक पदमा रहेका कर्मचारी पनि छन् ।

blog

कोप्लर सुनखानी क्षेत्रमा भूमिगत फसेका मजदुरहरुको खोजी तथा उद्धार कार्य जारी छ । टर्कीका आन्तरिक मन्त्री अली येर्लिकायाले पहिरोमा फसेका कामदारहरू खानीबाट निकालिएको, माटोको ढिस्को समावेश भएको १० मिलियन घनमिटरको आयतनमुनि रहेको र उक्त माटो करिब ८०० मिटर सरेको बताउनुभयो । सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया