मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

शुक्लाफाँटा-कञ्चनपुर टी-२० क्रिकेट प्रतियोगिताको उपाधि शुक्लाफाँटालाई

उपविजेता दोधारा चादँनीको टिम ५१ हजार, ट्रफी र प्रमाणपत्रसहित पुरस्कत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न तेस्रो शुक्लाफाँटा-कञ्चनपुर टी-२० क्रिकेट प्रतियोगिताको उपाधि शुक्लाफाँटा नगरपालिकाले जितेको छ। शनिबार फाइनल खेलमा दोधारा चाँदनी नगरपालिकाको टिमलाई सुपरओभरमा पराजित गर्दै शुक्लाफाँटा नगरपालिकाले उपाधि जितेको हो।

उपाधि विजेता टिमलाई समापन समारोहमा शुक्लाफाँटा नगरपालिकाका प्रमुख रणबहादुर महराले नगद एक लाख एक हजार, ट्रफी र प्रमाणपत्रसहित पुरस्कृत गरे। त्यसैगरी उपविजेता दोधारा चादँनीको टिम ५१ हजार, ट्रफी र प्रमाणपत्रसहित पुरस्कत भएको आयोजक कञ्चनपुर जिल्ला क्रिकेट सङ्घका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले जानकारी दिए।

प्रतियोगिताको फाइनल खेलमा १९ दशमलव पाँच ओभरको समाप्तिमा शुक्लाफाँटाले सबै विकेट गुमाउँदै एक सय २४ रनको लक्ष्य दोधारा चाँदनीसामु प्रस्तुत गरेको थियो। शुक्लाफाँटाका लागि विशाल ऐरले २४ बलमा २९ रन र कैलाश ऐरले २८ बलमा २८ रन बनाएका थिए भने टिमका लागि प्रकाश थापाले तीन विकट लिएका थिए।

एक सय २४ रनको विजयी लक्ष्य पछ्याएको दोधारा चाँदनीले १९ दशमलव चार ओभरमा एक सय २४ रन बनाएपछि खेल ड्र भएको थियो। त्यसपछिको सुपरओभरमा शुक्लाफाँटाले जित निकालेको आयोजकले जानकारी दिएको छ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीमा भीमदत्त नगरपालिकाका मिलन बोहरा घोषित भएका छन्। नौ पालिकामध्ये लालझाँडी र बेलौरी नगरपालिका भने प्रतियोगितामा सहभागी थिएनन्। प्रतियोगिताको समापन समारोहमा क्रिकेटका योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मानसमेत गरिएको छ।

समापन समाराहेमा शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख रणबहादुर महरा, सुदूरपश्चिम क्रिकेट संघका निर्वमान अध्यक्ष हरि रेग्मी, कैलाली खेलकुद विकास समितिका अध्यक्ष ललित खत्री, कञ्चनपुर खेलकुद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टलगायतको सहभागिता थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार
एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड
२०८३ मंग्सिर ४, शुक्रबार
‘शिक्षा सुधारमा स्थानीय तह र समुदायको भूमिका महत्त्वपूर्ण हुन्छ’ : प्रथम राष्ट्रपति यादव
२०८३ मंग्सिर ४, शुक्रबार
आधारभूत तहका प्रहरी कर्मचारीका लागि केन्द्रीय गुनासो व्यवस्थापन डेस्क स्थापना
२०८३ मंग्सिर ४, शुक्रबार
वैशाखमा स्थानीय र मंसिरमा प्रदेशसभा निर्वाचन गर्ने आयोगको प्रस्ताव
२०८३ मंग्सिर ४, शुक्रबार
डिजिटल सुरक्षा र साक्षरता अभिवृद्धि सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ मंग्सिर ४, शुक्रबार