श्रावण ५, २०८२ सोमबार July 21, 2025

‘रुसी सेनामा भर्ती भएर भागे ४० जना नेपाली जंगलमा अलपत्र, ९४ जनाको मृत्यु’

रुसी सेनामा भर्ती भएका ९४ जना नेपालीको मृत्यु भएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, ६ फागुन । रास्वपाका सांसद डोलप्रसाद अर्यालले रुसी सेनामा भर्ती भएर भागेर नेपाली दूतावासमा जाने क्रममा जंगलमा अलपत्र परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले रुसी सेनामा भर्ती भएर भागेर नेपाली दूतावासमा जाने क्रममा उनीहरु अलपत्र परेकाले कूटनीतिकमार्फत् उनीहरुको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

साथै उनले रुसी सेनामा भर्ती भएका ९४ जना नेपालीको मृत्यु भएको जानकारी दिए । सांसद अर्यालले रुसी सेनामा भर्ती भएका एक हजार नेपाली घाइते भएका र पाँच हजार नेपाली रुसी सेनामा भर्ती भएको बताए । उनले उक्त तथ्यांक अपुष्ट भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । न्यूजकारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया