श्रावण ५, २०८२ सोमबार July 21, 2025

राज्यसभामा सोनिया गान्धी भइन निर्बिरोध निर्वाचित

भाजपाका चुन्नीलाल गरासिया र मदन राठौर पनि निर्विरोध निर्वाचित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नयाँ दिल्ली, ९ फागुन । भारतीय कांग्रेसकी पुर्व अध्यक्ष सोनिया गान्धी राज्यसभामा निर्बिरोध निर्वाचित भएकी छिन् ।

मंगलबार अबेर राजस्थानबाट सोनिया गान्धी राज्यसभाको लागि निर्विरोध चुनाव जितेकी जानकारी दिइएको हो । यसबाहेक भाजपाका चुन्नीलाल गरासिया र मदन राठौर पनि निर्विरोध निर्वाचित भएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार राज्यसभाका प्रमुख सचिव तथा राज्यसभाका निर्वाचन अधिकृत महावीर प्रसाद शर्माले राजस्थान–२०२४ को राज्यसभाको द्विवार्षिक निर्वाचनका लागि तीनै सिटमा तीनै उम्मेदवार निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन ।

वास्तवमा सो राज्यसभा चुनाव २०२४ को लागि राजस्थानमा तीन सिटका लागि चुनाव हुन लागेको थियो र तीन जना उम्मेदवारले मात्र उम्मेदवारी दर्ता गरेका थिए। मंगलबार निर्वाचनका लागि उम्मेदवारी फिर्ता लिने अन्तिम दिन थियो । कुनै पनि उम्मेदवारको नाम फिर्ता नआएपछि तीनै उम्मेदवार निर्वाचित भएका हुन ।

आवश्यक परेमा २७ फेब्रुअरीमा मतदान हुनेवाला थियो । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु-१६ युथ लिग : चर्च ब्वाइज र फ्रेन्ड्स विजयी
२०८२ श्रावण ५, सोमबार
तुइनमै चुँडियो नारायणको सपना
२०८२ श्रावण ५, सोमबार
इञ्जिनियरिङ क्याम्पसमा पठनपाठन १३ दिनदेखि ठप्प, विकेन्द्रीकरण र स्वायत्तता पुनः लागूको माग
२०८२ श्रावण ५, सोमबार
त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय
२०८२ श्रावण ५, सोमबार
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार